पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध शनिबार अविश्वासको प्रस्ताव पेश गरिँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिने भएकाे छ । यसका लागि शनिवार संसद बैठक आह्वान गरिएकाे छ ।

बैठक पर्सी दिउँसो स १२ बजे बस्ने विज्ञान तथा प्रविधि मन्त्री चौधरी फवाद हुसेनले जानकारी दिए । इमरानले आज साढे ७ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने जनाइएकाे छ ।

बुधवार बेलुका सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले संसदबाट प्रधानमन्त्रीले विश्वासको मत लिने दावी गरेका थिए ।

इस्लामाबादमा सिनेटको सीटमा विपक्षी दलका उम्मेदवार युसुफ रजा गिलानीले विजयी भएका थिए । उनी विजयी भएपछि खानले विश्वासको मत लिन लागेका हुन् ।

खानले अविश्वास प्रस्तावमा विजय प्राप्त गरेनन् भने मुलुकमा अस्थिरता छाउने विश्लेषकहरूको भनाइ छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट