विप्लव समूहका नेता-कार्यकर्तालाई छोड्न गृहको निर्देशन

काठमाडौं, २० फागुन । गृहमन्त्रालय नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता कार्यकर्तालाई छोड्न सर्कुलर जारी गरेको छ । सरकारसँगको वार्ताका क्रममा तीनबुँदे सहमति गरेपछि हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्तालाई छाड्न गृहले सर्कुलर जारी गरेको हो । गृहले जिल्ला प्रशासन कार्यालयबाट छोड्न मिल्ने मुद्दामा प्रक्रिया पुर्‍याएर नेता कार्यकर्ता छोड्न निर्देशन दिएको छ । अन्यको हकमा भने […]

प्रचण्ड-नेपाललाई पनि प्रधानमन्त्री ओलीले बैठकमा बोलाए

काठमाडौँ, २० फागुन । विभाजित नेपाल कम्युनिष्ट पार्टी ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । बैठकको लागि प्रचण्ड-नेपाल समेतलाई निम्तो दिइएको छ । शनिबार दिउँसो सिंहदबारस्थित नेकपा संसदीय दलको कार्यालयमा बोलाइएको बैठकमा अर्को प्रचण्ड–माधव पक्षलाई समेत बोलाइएको छ । ओली पक्षीय नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समेत गरि […]

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध शनिबार अविश्वासको प्रस्ताव पेश गरिँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिने भएकाे छ । यसका लागि शनिवार संसद बैठक आह्वान गरिएकाे छ । बैठक पर्सी दिउँसो स १२ बजे बस्ने विज्ञान तथा प्रविधि मन्त्री चौधरी फवाद हुसेनले जानकारी दिए । इमरानले आज साढे ७ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने जनाइएकाे छ । बुधवार बेलुका सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री […]

ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं, २० फागुन । नेकपा विप्लव समूह र सरकारबीच ३ बुदे सहमति भएको छ । यो सहमतिसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । भूमिगत रहेका विप्लव दुई वर्षपछि सार्वजनिक कार्यक्रममार्फत देखिन लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार फागुन २१ […]

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, शुक्रबार विशेष समारोह हुने

काठमाडौँ, २० फागुन । सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले सरकार र विप्लव समुहबीच तीन बुँदे सहमति भएको जानकारी दिएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु […]

सरकार – विप्लव वार्ता सकारात्मक मोडमा : फास्ट ट्र्याकमा टुंग्याउने तयारी

काठमाडौं, २० फागुन । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बुधबार दुई चरणमा वार्ता भएको छ । दुई वर्षदेखि प्रतिबन्धित विप्लव समूहको वार्ता टोलीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निम्त्याएर सरकारले वार्ता गरेको हो । सरकारी वार्ता टोलीसँग बुधबार बिहान र साँझ गरी दुई चरण बस्दा पनि विप्लवका प्रतिनिधि सार्वजनिक भएका छैनन्। विप्लवको […]