गैंडाकोट, १२ फागुन ।
गैंडाकोटमा सिलाइ मेसिन तथा न्यानो कपडा वितरण गरिएको छ । गैंडाकोट नगरपालिका-७ स्थित वडास्तरिय दलित महिला सञ्जालको अगुवाईमा सिलाई मेसिन तथा न्यानो कपडा वितरण गरिएको हो ।
हातमा सीप भएर पनि राम्रो मेसिन उपलब्ध नभएका कारण राम्रो आम्दानी गर्न नसक्ने अवस्थामा रहेका र हातमा सीप भएकाको आम्दानीमा वृद्धि गर्ने उदेश्यले सिलाई मेसिन वितरण गरिएको सन्जालकी संयोजक छलिमाया परियारले बताइन् । गैंडाकोट-७ का वडाध्यक्ष चोलानाथ उपाध्यायको प्रमुख आतिथ्यमा ५ जनालाई मेसिन र २० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । आगामी दिनमा पनि नगरबाट दिइने सेवासुविधाको लागि आफूले सधैँ पहल गर्ने वडाध्यक्ष उपाध्यायले बताए ।
कार्यक्रममा बोल्दैै गैंडाकोट- ७ कि महिला सदस्य उमादेवी सापकोटाले आफ्नो हातमा रहेको सीपको सहि सदुपयोग गर्ने र आफूले पनि अर्को नयाँ सदस्यलाई सीप सिकाएर व्यवसायी वनाउन आग्रह गरिन् ।
संयोजक परियारले मेसिन पाउने सबैले नयाँ मेसिनबाट नयाँ व्यवसायी बनाउने सक्ने हो भने मेसिन उपलब्ध गराउनुकोे सार्थकता हुने बताउँदै सामग्री उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवाद दिइन् । गैंडाकोट नगरपालिकाले नगरका सबै वडामा सीपमूलक कामका लागि दक्ष जनशक्तिलाई प्रोत्साहन गर्दै आइरहेको छ । गैंडाकोट-७ को कार्यक्रमको सहजीकरण वडासदस्य ईश्वरी चापागाईले गरेका थिए ।





