जन्मदिनमा कवि सापकोटाले दिए शैक्षिक सामग्री

गैंडाकोट, १२ फागुन ।
गैंडाकोट निवासी कवि भानुभक्त सापकोटाले आफ्नो ३८औं जन्मोत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरेका छन् । स्थानीय कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न एवम् जेहेन्दार २ जना विद्यार्थी यमुना भट्ट र खुमबहादुर परियारलाई झोला, जुत्ता, विद्यालय पोशाकलगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । सापकोटाले सोही विद्यालयबाट एसएलसी पास गरेका हुन् भने अहिले सोही विद्यालयमा अध्यापन गर्दै आइरहेका छन् ।

`फजुल खर्च एवम् भोजभतेर गरेर जन्मदिन मनाउनुभन्दा गरिव, विपन्न एवम् जेहन्दार विद्यार्थीलाई अलिकति भएपनि सहयोग मिलोस् भन्ने अभिप्रायले आफैले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्न पाउँदा गर्व लागेको छ´, सापकोटाले भने- `जन्मदिनको बहानामा गरिने तडकभडक हटाएर यस किसिमको संस्कृतिको सुरुवात गर्ने प्रयास गरेको हुँ ।´

विद्यालयका प्रधानाध्यापक प्रजनाथ कंडेल एवम् सहायक प्रधानाध्यापक राजु पुरीले शिक्षक सापकोटालाई परोपकारी अभियान थालेकोमा धन्यवाद व्यक्त गर्दै जन्मदिनमा गरिने अनावश्यक खर्च त्यागेर यस किसिमको सहयोग गर्ने संस्कृति सबैले अनुसरण गनुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट