मुलुकको सबैभन्दा ठूलो ताल राराको सुन्दरता लोभलाग्दो छ । कोरोना महामारी नभएको भए यतिबेला रारामा मानिसको घुइँचो देखिन्थ्यो । अहिले रारा जाने ठूलो जमात नभए पनि देशका विभिन्न भागबाट रारा हेर्न जानेहरूको लर्को देख्न थालिएको छ ।
मुगु जिल्लामा अवस्थित रारा मुलुककै आकर्षक ताल हो । छायाँनाथ नगरपालिकामा अवस्थित रारामा बोटिङ गर्न र घोडा चढेर फेरो लाउन सकिन्छ । रारा जानेहरू अधिकांश सल्लेरीमा बास बस्छन् । त्यहाँबाट घोडा चढेर रारा पुग्छन् । घोडा चढेर रारालाई फेरो लाउनेहरू पनि हुन्छन् । रारा घुम्न दिनभरीकै समय छुट्टाउन पर्छ । घोडा चढेर रारा हेर्नेहरू मुर्मा टप पुग्छन् । मुर्मा टपबाट राराको विशाल रुप प्रष्ट देखिन्छ । घोडा चढे बापत प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म लाग्छ । उक्त शुल्कमा रारा र वरिपरिको भ्रमण गर्न सकिन्छ । त्यसैगरी बोटिङ गरेको छुट्टै शुल्क ५ सय लाग्छ । करिव आधा घण्टाको समयमा बोटिङ मार्फत राराको मनमोहक रुप हेर्न सकिन्छ । रारा घुम्ने सबैभन्दा राम्रो मौसम यहि बेला हो । असोज, कात्तिक र चैत महिना राराको आकाश खुलेको हुन्छ भने मौसम पनि राम्रो मानिन्छ ।
कैलाली टीकापुरका निर्दोष डेबिटले शुक्रबार रारा पुगेर कैद गरेका केहि तस्वीर हेरौँ :





