भरतपुर, २४ असोज ।
चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर १ निवासी ४७ वर्षीय उनको शनिबार मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताएका हुन् । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई शुक्रबार भरतपुर अस्पताल भर्ना गरिएको थियो । शुक्रबार नै उनमा कोरोन संक्रमण पुष्टि भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।
अस्पतालका सूचना अधिकारी पौडेलका अनुसार स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियुमा राखेर उपचार गर्ने क्रममा ती पुरुषको बेलुका ६ः३० बजे मृत्यु भएको हो ।





