भरतपुर, २४ असोज ।
कोभिड १९ बाट जोखिममा परेका विपन्न वर्गका छात्रछात्रालाई रामेश्वर पुस्तकालय तथा वाचनालयले स्टेशनरी वितरण गरेको छ । ग्रामीण शिक्षा तथा विकास (रिड) नेपालले उपलब्ध गराएको रकमबाट भरतपुरका सामुदायिक विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरूलाई एक कार्यक्रमको आयोजना गरि राहतस्वरूप स्टेशनरी वितरण गरिएको पुस्तकालयले जनाएको छ ।
कार्यक्रम भरतपुर महानगपालिका २ नं वडाका वडा अध्यक्ष पूर्णबहादुर श्रेष्ठको प्रमुख आतिथ्य तथा पुस्तकालयका अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पुस्तकालयका पूर्वअध्यक्षहरू विष्णुप्रसाद अधिकारी, केशवकुमार श्रेष्ठ, राजेन्द्र वाग्ले, सल्लाहकार बद्रीनाथ वाग्लेसमेतको उपस्थितिमा सम्पन्न कार्यक्रम सचिव विष्णुप्रसाद वाग्लेले सञ्चालन गरेका थिए ।
वडा कार्यालयमार्फत टोलटोलबाट विद्यार्थीहरूको नामावली संकलन गरिएको कार्यक्रम संयोजक पुरषोत्तम पौडेलले जानकारी दिए ।





