भर्चुअल वक्तृत्वकला प्रतियोगितामा मिलन बोर्डिङ स्कुलकी समृद्धि ढुंगाना प्रथम

भरतपुर, २४ असोज ।

प्याब्सन चितवन तथा उषा इङ्लिस बोर्डिङ स्कुल भरतपुर-१५ को आयोजनामा सम्पन्न अन्तर विद्यालय भर्चुअल वक्तृत्वकला प्रतियोगितामा मिलन बोर्डिङ स्कुलकी छात्रा समृद्धि ढुंगाना प्रथम भएकी छिन् । शुक्रबार आयोजित प्रतियोगितामा दोश्रो र तेश्रो स्थान भने क्रमशः उषा इंग्लिस बो. स्कुलकी साम्भवी सापकोटा र ज्ञानज्योति इंग्लिस बो. स्कुलकी साहसी केसीले हात पारे । यस्तै सान्त्वना पुरस्कार भने न्यू भिजन एकेडेमीकी निमिता पोख्रेल प्राप्त गरिन् ।

प्रतियोगितामा विभिन्न ११ विद्यालयका १८ जना विद्यार्थीको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरूले “महामारीको समयमा शिक्षण सिकाइमा वैकल्पिक विधिको महत्त्व” विषयमा आफ्ना विचारहरू प्रकट गरेका थिए । कार्यक्रम उषा स्कूल व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद सापकोटाको अध्यक्षतामा तथा भरतपुर महानगरपालिका वडा नं १५ का वडाध्यक्ष शम्भु बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उषा स्कुलमा कक्षा १० मा अध्ययनरत छात्र सफल भुषाल र छात्रा जिया मल्लले संयुक्त रूपमा कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यालयका प्राचार्य नरेश ढकालले स्वागत मन्तव्य राखेका थिए । यस्तै प्याब्सन – इन्सिटिच्युसनल स्कुल्स अर्गनाइजेसन (इएसयू), चितवनका संयोजक वेदनिधि अर्यालले भावी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा शुभकामना मन्तव्य भने प्याब्सन चितवनका वरिष्ठ उपाध्यक्ष कृतिनिधि अर्यालले राखेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट