बृहत यौनिकता शिक्षाललाई व्यापक छलफल गरेर पाठ्यक्रममा समावेश गर्छाैं : सांसद खत्री

भरतपुर, २४ असोज ।
नेपाल युवा संस्था सञ्जाल(आयोन) ले आयोजना गरेको बागमती प्रदेशमा पाठ्यक्रममा बृहत यौनिकता शिक्षा विषयक अनलाईन छलफल कार्यक्रममा बागमती प्रदेशका सांसद तथा प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिका सदस्य भीमसेन खत्रीले प्रदेश सरकारले आगामी दिनमा बनाउने पाठ्यक्रममा उमेर सुहाउँदो बृहत यौनिकता शिक्षाललाई पाठ्यक्रममा समावेश गरिने बताएका छन् ।

सांसद खत्रीले जन्मदेखि मृत्युसम्मका हरेक समयमा बृहत यौनिकता शिक्षाका कुरा एक आपसमा जोडिने भएकाले यसको आवश्यकता महत्वपूर्ण रहेको बताए । संघीय सरकारले तयार गरेको पाठ्यक्रममा कक्षा ९-१० मा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई अनिवार्य विषयबाट ऐच्छिक विषय बनाएकोमा आफु खुसी नरहेको बताए । हरेक मानिसको दैनिक जीवनमा एकआपसमा आईपर्ने शिक्षा र स्वास्थ्यको विषयलाई अझ फराकिलो बनाउनु पर्नेमा ऐच्छिक बनाईएकोले पछि समाजमा स्वास्थ्यमा ठूलो समस्या सिर्जना हुनसक्ने बताए ।

प्रदेश सरकारले बृहत यौनिकता शिक्षाललाई पाठ्यक्रममा समावेश गर्न विभिन्न छलफल गरिरहेको र आगामी दिनमा प्रदेश भित्रका ११९ पालिकाका विधालयमा पठनपाठन गरिने बताए ।

यस्तै कार्यक्रममा सहभागी हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिनाकुमारी लामाले उपमहानगरपालिकाले आैपचारिक कार्यक्रमसँगै अनौपचारिक रुपमा बृहत यौनिकता शिक्षाका कार्यक्रमलाई अगाडी बढाएको बताए । उनले विधालय तहमा पाठ्यक्रम मार्फत र विधालय बाहिर स्वास्थ्य संस्थाहरु मार्फत् यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने आवश्यकतालाई बजेट विनियोजन समेत गरिएको बताए ।

कार्यक्रमका अर्का वक्ता सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका उपसचिव खुविराम अधिकारीले शिक्षा ऐनले प्रदेश सरकारलाई ऐच्छिक विषयको मात्र पाठ्यक्रम बनाउने अनुमति दिएकाले प्रदेश सरकारले अब बनाउने पाठ्यक्रममा विश्वस्तरीय प्रचलनका आधारमा कक्षागत रुपमा बृहत यौनिकता शिक्षाललाई समावेश गरिने बताए । हाम्रो समाजमा बृहत यौनिकता शिक्षालाई हेर्ने दृष्टिकोण समेत खराब रहेको र शिक्षा निर्देशनालयले शिक्षकहरुलाई विभिन्न तालिम तथा छलफलका माध्यमबाट यस्ता खराब दृष्टिकोणलाई समाजबाट हटाउन लागि पर्ने बताए ।

कार्यक्रममा नेपाल युवा संस्था सञ्जालकी कार्यक्रम व्यवस्थापक सुस्मिता श्रेष्ठले कार्यक्रमको सुरुवातमा कार्यपत्र प्रस्तुत गर्दै अहिलेको पाठ्यक्रममा बृहत यौनिकता शिक्षा सम्बन्धी विषयवस्तुको अभाव रहेको कुरा उल्लेख गरिन् । उनले बृहत यौनिकता शिक्षा याैन शिक्षा मात्र नभई समग्र स्वास्थ्यसँग जोडिएकाले हरेक उमेरका व्यक्तिलाई बृहत यौनिकता शिक्षा दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बागमती प्रदेशका करिब ३० जना युवाहरुको सहभागिता थियो । कार्यक्रमको सञ्चालन नेपाल युवा संस्था सञ्जालका कार्यसमिति सदस्य खिमानन्द देबकोटाले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट