भरतपुर मतगणना प्रकरण : मुद्दाको सुनुवाइ साउन २ गते

२६ असार ।भरतपुर महानगरपालिका–१९को मतपत्र च्यातिएको मुद्दाको सुनुवाइ आज पनि हुन सकेन ।

न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले आजका लागि तोकिएको सुनुवाई समय अभावको कारण देखाउँदै  साउन २ गते  सम्मका लागि सारेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलाशमा असार २३ गते सुनुवाइ हुने भनिए पनि  नभ्याउने भएपछि सुनुवाइ आजका लागि सारिएको थियो ।

मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए । त्यसपछि आयोगले मतगणनास्थल अनाधिकृत कब्जा भएको भन्दै स्थानीय तह निर्वाचन ऐनअनुसार सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट