अहम् किन ? सधैँ धार उस्तै रहन्न
खिया लाग्छ तरवार उस्तै रहन्न

झर्‍यो एउटा फूल आँखै अगाडि
बुझेँ मैले संसार उस्तै रहन्न

ग्रहण लाग्छ आकाशको चादँनीमा
यो छालाको अनुहार उस्तै रहन्न

छ उस्तै अझै नि बलात्कार, चोरी
भलै हाम्रो सरकार उस्तै रहन्न

समयमै बचत गर्नुहोला महोदय
यो नाफाको व्यापार उस्तै रहन्न

भरोसा हो माया भरोसा गुमाए
हृदयमा सधैँ प्यार उस्तै रहन्न

बरू मन नियाल्नूस् सकेसम्म उनको
क्षणिकको त्यो शृङ्गार उस्तै रहन्न

चिसो होस् न गोजी कुनै पल हजुरको
कयौँ वर्षको यार उस्तै रहन्न

गैंडाकोट ४, नवलपरासी

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट