गजल

अहम् किन ? सधैँ धार उस्तै रहन्न खिया लाग्छ तरवार उस्तै रहन्न झर्‍यो एउटा फूल आँखै अगाडि बुझेँ मैले संसार उस्तै रहन्न ग्रहण लाग्छ आकाशको चादँनीमा यो छालाको अनुहार उस्तै रहन्न छ उस्तै अझै नि बलात्कार, चोरी भलै हाम्रो सरकार उस्तै रहन्न समयमै बचत गर्नुहोला महोदय यो नाफाको व्यापार उस्तै रहन्न भरोसा हो माया भरोसा […]

काठमाडौँ उपत्यकामा दुई हजार सङ्क्रमित

काठमाडौँ, १ भदौ  कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन् । उहाँका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना […]

निषेधाज्ञा गरिएका क्षेत्रमा सवारी चेकजाँच कडा

भरतपुर, १ भदौ चितवनका सडकमा गुड्ने यात्रुवाहक सवारीसाधनलाई सुरक्षाकर्मीले चेकजाँचमा कडाइ गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निषेधाज्ञा जारी भएका क्षेत्रमा सबैखाले सवारीसाधन सञ्चालन गर्न पूर्णरूपमा निषेध गरेपछि चेकजाँचलाई कडाइ गरिएको हो । सोमबार एक सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा भएको ठाउँमा बिहान बेलुका खाद्य सामग्री किन्नैपर्ने भए सवारीसाधनको प्रयोग […]

एसईईको नतिजा सार्वजनिक

काठमाडौं, १ भदौ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको […]

थप ५८१ जनामा काेराेना संक्रमण पुष्टि

भरतपुर, १ भदाै सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन्। आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको […]

भिड तितरबितर पार्न चितवनको राप्तीमा हवाइ फायर

राप्ती,  १ भदौ  । चितवनको राप्ती नगरपालिकाको पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ । राप्ती नगरपालिका १ पिप्लेमा अनावश्यक भिड जम्मा भएको र भिड हटाउन हवाइ फायर गर्नु परेको प्रहरीले जनाएको छ । आइतबार एक महिलाले त्यहाँ रहेको एउटा ढुङ्गा पुजाको लागि लगेको र आज केहि स्थानियहरुले आफ्नो ठाँउको देउता लगेकोले फिर्ता ल्याउनुपर्छ भन्दै […]

खाद्यान्न किन्न जानैपरे हिँडेर मात्रै जानू: चितवन प्रशासन

भरतपुर, १ भदाै । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका निषेधाज्ञा जारी भएका क्षेत्रमा सवारीसाधन सञ्चालन गर्न पूर्णरूपमा निषेध गरेकाे छ । आज एक सूचना जारी गरी जिल्ला प्रशासनले निषेधाज्ञा भएकाे ठाउँमा बिहान बेलुका खाद्यान्न तथा तरकारी किन्नैपर्ने भए हिँडेर मात्रै जान भनेकाे हाे । अहिले प्रशासनले अत्यावश्यक सामग्री खरिद गर्नकाे लागि बिहान र साँझ ५ […]

प्राकृतिक विपद्काे जिल्ला सिन्धुपाल्चोक

काठमाडौँ, १ भदौ (रासस)/ विसं २०७२ को भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकमा वर्षेनी प्राकिृतक विपत्ति र दुर्घटनाले झन ठूलो पीडा थपिदिएको छ । प्रकृतिले दिएको विपत्तिले यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । भूकम्प, बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिले नपुगेर अझै यहाँ सडक तथा हवाई दुर्घटनासमेत थपिने गरेकाले पछिल्ला केही वर्षमा विपत्ति नै सिन्धुपाल्चोकको नियति बन्न […]

चिकित्सकले काेरोना भएको थाहा पाएपछि…

रुपन्देही, १ भदौ (रासस) नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक,स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दाै रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग गर्न त परै जाओस अपहेलना समेत भोग्नु प¥यो । बुटवल उपमहानगरपालिका–११ नहरपुरकी […]

समाचार संकलन र सम्प्रेषणमा होसियार बन्न पत्रकार महासंघको अनुरोध

भरतपुर, १ भदौ नेपाल पत्रकार महासंघ चितवनले पत्रकार तथा सञ्चारमाध्यमलाई विपद्को बेला समाचार संकलन तथा सम्प्रेषण गर्दा होसियारी अपनाउन भनेको छ । महासंघले आज जारी गरेको विज्ञप्तिमा ‘उच्च जोखिमको बीचमा पनि आमनागरिकलाई सुसूचित गराउन अग्रपंक्तिमा रहेर पत्रकारले सूचनाको क्षेत्रमा काम गरिरहेको भन्दै त्यसो गर्दा सतर्क बन्न’ अनुरोध गरेको छ । पढौं नेपाल पत्रकार महासंघ, चितवनले […]

नारायणीले बगायो केटो

भरतपुर, १ भदौ नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी दुई/तीन वर्षको केटो खोजीका लागि सम्बन्धित पोष्टबाट परिचालन गरिएको भए पनि उद्धार गर्न नसकिएको हो । उहाँले भन्नुभयो, “कतै […]

चितवनमा कोरोना संक्रमित २ सय नाघे

भरतपुर, १ भदौ चिवतनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २ सय नाघेको छ । पछिल्लोपटक गएराति १२ बजे आएको नयाँ नतिजाअनुसार जिल्लाका थप १० जनामा संक्रमण देखिएपछि यहाँ संक्रमित हुनेको संख्या २०९ जना पुगेको छ । यसमध्ये ९३ जनामा भाइरस नेगेटिभ देखिइसकेको छ । बाँकीमध्ये कतिपय भरतपुर अस्पतालको आइसोलेसनमा छन् भने कतिपय आफ्नै […]

कोरोना देखिएका बालिका संक्रमितकी छोरी

रत्ननगर, १ भदौ चितवनको राप्ती नगरपालिकामा कोरोना पुष्टि भएका दुई बालिकाहरु संक्रमण देखिएका महिलाकी छोरीहरु रहेको खुलेको छ । साउन २९ गते गरिएको परीक्षणमा राप्ती–९ का ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङबाट उनका ९ र ६ वर्षीया छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।आइतबार राति […]

चितवनमा थप ११ जनामा कोरोना पोजेटिभ

भरतपु, १ भदौ चितवनका १० सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । उनीहरु मध्ये ७ जना भरतपुर महानगरपालिकाका छन् । ३ जना राप्ती नगरपालिकाका हुन् […]