भिड तितरबितर पार्न चितवनको राप्तीमा हवाइ फायर

राप्ती,  १ भदौ  । चितवनको राप्ती नगरपालिकाको पिप्लेमा एक राउण्ड हवाई फायर भएको छ । राप्ती नगरपालिका १ पिप्लेमा अनावश्यक भिड जम्मा भएको र भिड हटाउन हवाइ फायर गर्नु परेको प्रहरीले जनाएको छ ।
आइतबार एक महिलाले त्यहाँ रहेको एउटा ढुङ्गा पुजाको लागि लगेको र आज केहि स्थानियहरुले आफ्नो ठाँउको देउता लगेकोले फिर्ता ल्याउनुपर्छ भन्दै भिडभाड गरेका थिए । निषेधाज्ञाको समयमा भिड गरेको र हटाउने प्रयास गर्दा वादविवाद भएपछि भिडलाई तितरवितर पार्न एक राउण्ड हवाई फायर गरिएको ईलाका प्रहरी कार्यालय भन्डाराका प्रहरी निरीक्षक सुशील पान्डेले जानकारी दिए । उनका अनुसार झन्डै एक सय जना मान्छे त्यहाँ जम्मा भएका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट