चितवनमा थप ११ जनामा कोरोना पोजेटिभ

भरतपु, १ भदौ
चितवनका १० सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
उनीहरु मध्ये ७ जना भरतपुर महानगरपालिकाका छन् । ३ जना राप्ती नगरपालिकाका हुन् ।
मकवानपुरका ६० वर्षीय पुरुषको स्वाब भरतपुरकै आशा अस्पतालबाट लिइएको हो । भरतपुरकै पुरानो मेडिकल कलेजबाट स्वाब लिइएका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
आज संक्रमित पुष्टि हुनेहरु अधिकांश क्वारेन्टिनका छन् । उनीहरु ६ देखि ८६ वर्ष सम्मका छन् ।
आजसम्ममा चितवनका २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट