समाचार लेख्नु र किताब लेख्नुमा धेरै फरक छन् (पुस्तक वार्ता)

पत्रकार विनोदबाबु रिजालले ‘एकान्तवास’ बजारमा ल्याएका छन् । उनको पुस्तक शनिबार मात्रै लोकार्पण गरिएको हो ।

 

एकान्तवास कस्तो पुस्तक हो ?
यो विश्वव्यापी महामारी कोभिड–१९ नियन्त्रणका लागि नेपालमा गरिएको कठिन लकडाउन (चैत ११ देखि जेठ ३२ सम्म) अवधिमा लेखिएको दैनिकी हो । हामीले यसलाई लकडाउन डायरी भनेका छौँ । यसमा मैले भोगेका, देखेका र सुनेका गतिविधि समेटेको छु ।

डायरी लेख्ने सोचाइ कसरी आयो ?
हामी पत्रकारहरु एकहिसाबले डायरी लेखक नै हौँ । तर, ती समाचारका रुपमा लेखिन्छन् । यसपालिको परिस्थिति अभूतपूर्व थियो । यो इतिहासकै कालो अवधि हो । यसलाई सम्झनुपर्छ, सम्झाउनुपर्छ भन्ने लाग्यो । अनि लेखियो । लेख्दालेख्दै किताबको रुपमा निकाल्ने सोच बन्यो ।

पत्रकारिता गरिरहेको व्यक्तिलाई किताब लेख्न कत्तिको सजिलो हुने रहेछ ?
पत्रकारलाई लेख्नचाहिँ सजिलै हुन्छ । तर, समाचार लेख्नु र किताब लेख्नु फरक कुरा हुन् । लेख्दै जाँदा समाचारजस्तै बनिदिँदो रहेछ । अनि फेरि मिलाउनुपर्छ ।

अखबारी लेखनमा रमाइरहेको व्यक्ति निबन्धतिर लाग्दा लेखनको धार मिल्छ त ?
मिले । आखिर पत्रिकामा हामीले लेख्ने फिचर, सम्पादकीय, आर्टिकल निबन्धको शैलीमै हुन्छन् ।

एकान्तवास किन पढ्नुपर्छ ?
इतिहासलाई कसैले पनि भुल्नु हुँदैन । हामीले कैयौँ अप्ठ्यारा सामना गरेका हुन्छौँ । तर, त्यसलाई सङ्ग्रह गर्दैनौँ, भुल्छौँ । यस्ता भोगाइहरु लिपिबद्ध गरियो भने सम्झन सजिलो हुन्छ भन्ने नै हो ।

तपाईंलाई अब पाठकले पत्रकारको रुपमा चिन्ने कि लेखकको रुपमा ?
मूलतः म पत्रकार नै हुँ । यो अर्को प्रयास गरेको छु । पाठकले मन पराउने कि नपराउने उहाँहरुकै कुरा हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट