एकै दिनमा १७ सय बढी डिस्चार्ज, नयाँ कोरोना संक्रमित १४४

काठमाडौं, २९ असार
कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएका १ हजार ७ सय जना भन्दा बढी पछिल्लो चौबीस घण्टामा डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार ७ सय ५ जना डिस्चार्ज भएका हुन् । कोरोना संक्रमण उपचारपछि डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ ।

सोमबार नेपालमा कोरोना भाइरसका १४४ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ५ हजार ८ सय ५६ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा १४४ जनामा सं‌क्रमण देखिएको हो ।

सोमबार सबैभन्दा धेरै सुर्खेतमा ४१ जना भेटिएका छन् । धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहटमा ९ जना कपिलवस्तुमा ८ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४/४ जना, काठमाडौंमा ३ जना, बागलुङ, म्याग्दी, तनहुँ, बर्दिया, दाङ, रुकुम पश्चिम, दैलेख, बझाङ र बैतडीमा २÷२ जना संक्रमित भेटिएका छन् ।

मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, पर्वत, स्याङ्जा, कपिलवस्तु, बाँके, जाजरकोट, अछाममा १÷१ जना संक्रमित भेटिएका छन् ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

हाल देशभरका क्वारेन्टिनमा २३ हजार ८ सय ७० जना सम्भावित संक्रमित रहेका छन् । नेपालमा हालसम्‍म २ लाख ८९ हजार ३ सय ७१ वटा परीक्षण पीसीआर विधिबाट गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट