कानुनीरुपमै मिर्गौला प्रत्यारोपण : सीएमएस

भरतपुर, २९ असार अवैधरुपमा मिर्गौला प्रत्यारोपण गरेको भन्दै अस्पतालका सञ्चालक, सल्लाहकार र डाक्टरलाई नै प्रहरीले पक्राउ गरेपछि पुरानो मेडिकल कलेज भरतपुरले यसको खण्डन गरेको छ । विज्ञप्ति जारीगर्दै अस्पतालले कानुनी रुपमा नै मिर्गौला प्रत्यारोपण गरेको दावी गरेको छ । नाता प्रमाणित सम्बन्धी स्थानीय तहको सिफारिससहितका कागजातका आधारमा मानव अंगप्रत्यारोपण गरेको मेडिकल कलेजले आइतबार जारी गरेको […]

एकै दिनमा १७ सय बढी डिस्चार्ज, नयाँ कोरोना संक्रमित १४४

काठमाडौं, २९ असार कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएका १ हजार ७ सय जना भन्दा बढी पछिल्लो चौबीस घण्टामा डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १ हजार ७ सय ५ जना डिस्चार्ज भएका हुन् । कोरोना संक्रमण उपचारपछि डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको छ । सोमबार नेपालमा कोरोना […]

कोरोना असरः विश्वभर एक करोड बालिबालिका स्कुल छाड्दै

लन्डन, २९ असार (रासस/एएफपी) कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले यस घटनालाई “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याँक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरु […]

न्यायमा पहुँचका सन्दर्भमा नेपालमा कानुनी सहायता

परिचय न्यायमा पहुँच कानुनी राज्यको आधारभूत सिद्धान्त हो । न्यायमा पहुँचको अभावमा धेरै कुराहरु हुन सक्तैनन् । जनताको आवाज नसुनिने हुँदा जनताले आफ्नो अधिकार प्रयोग गर्न पाउने अवस्था पनि रहँदैन । यसको अभावमा नीति निर्माताहरुलाई जवाफदेही बनाउन नसकिने कारणबाट समाजमा विभेदकारी समस्याहरु र चुनौतीहरु रही रहन्छन् । कानुनी राज्यले सबैको न्यायमा समान पहुँचमा जोड दिनुका […]

एक वर्ष नपुग्दै भासियो नारायणगढ–मुग्लिन सडक

चितवन, २९ असार (रासस) नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक थप भासिएपछि सवारी साधन एकतर्फि सञ्चालन गरिएको छ । आज बिहान भासिएको सो ठाउँमा ग्राबेल हालेर दुईतर्फी यातयात सञ्चालनका लागि काम भइरहेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार यसअघि भासिएको ठाउँमा थप भासिएपछि समस्या भएको हो । सो सकडखण्डको १७ र २६ […]

नारायणी नदीको सतह बढ्दो क्रममा, सतर्क रहन प्रशासनको आग्रह

भरतपुर, २९ असार लगातारको वर्षासँगै चितवनका सबै नदी तथा खोलाहरुमा पानीको सतह ह्वात्तै बढेको छ । देवघाट क्षेत्र र नारायणगढस्थित नारायणी पुलमा गरिएको मापनका क्रममा नारायणी नदीको सतह बढेर खतराको तहमा पुग्न थालेको छ । नदीको तह र वहावको जानकारी अपडेट गर्दै ‘हाइड्रोलोजी डट जीओभी डट एनपी’ले सतर्कताको तह पार गर्दै खतराको तहमा पुग्न लागेको […]

तनहुँमा पहिरोमा पुरिएर छ जनाको मृत्यु, पाँच बेपत्ता

दमौली, २९ असार (रासस) अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, […]

बकुलहर अस्पतालमा जटिल शल्यक्रिया प्रारम्भ

चितवन, २९ असार (रासस) पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ । गर्भवतीको शल्याक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत सुरु गरेको हो । हालै मात्र सो अस्पताललाई वाग्मती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्ववन्धु बगालेका अनुसार ३५ वर्षीया एक चेपाङ […]

बजारमा आँप बढ्यो, मूल्य घट्यो

शिव गौतम भरतपुर/अघिल्लो वर्षको तुलनामा यस वर्ष चितवन जिल्लामा आँपको उपभोग बढेको पाइएको छ । पहिलेभन्दा आँपको उत्पादन बढेपछि आपूर्ति पनि बढेको हो । कोरोना भाइरसका कारण सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन असार महिना लागेपछि विस्तारै खुकुलो हुँदै जाँदा आँपको आपूर्ति अझै सहज बनेको फलफुल व्यवसायीहरूको भनाइ छ । यद्यपि लकडाउनको समयमा तरकारी तथा […]