राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला

२८ वैशाख, बनेपा ।

काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् ।

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए।

“कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौँ”, प्रनाउ राईले भने । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट