अब यी १२ जिल्ला मात्रै बाँकी छन् कोरोना पुग्न

भरतपुर, २२ जेठ
कसैको शरीरमा कोरोना रहेको नरहेको पीसीआर परीक्षणले निधो गर्छ । पीसीआर पोजिटिभ आएकालाई कोरोना संक्रमण भएको मानिन्छ । अहिलेसम्म कोरोना परीक्षणको सबैभन्दा भरपर्दो माध्यम यही नै हो ।

यही परीक्षणको माध्यमबाट हालसम्म नेपालमा २ हजार ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि सरकारले गरेको छ । यीमध्ये अधिकांश भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु छन् । पछिल्लोपटक बिहीबार सार्वजनिक विवरणमा मात्रै ३३४ जनाको पोजिटिभ आएको उल्लेख छ ।

यो अवधिसम्म आइपुग्दा नेपालका ६५ जिल्लामा कोरोना संक्रमण पुगिसकेको छ । ७७ जिल्लामध्ये अब मात्रै १२ जिल्ला कोरोनाबाट जोगिएका छन् । परीक्षणको क्रम जारी रहेकाले कुन जिल्लामा कहिले देखिन्छ थाहा छैन । तर, बिहीबार बेलुकिसम्ममा ती जिल्लामा एउटा पनि पोजिटिभ देखिएका छैनन् ।

हालसम्म सुदूरपश्चिम प्रदेशका सबै ९ जिल्लामा संक्रमण देखिएका छन् भने कर्णालीका ६ जिल्लामा देखिएका छन् । कर्णालीका हुम्ला, डोल्पा, जाजरकोट र रुकुम पश्चिम संक्रमणरहित जिल्ला हुन् । सुदूरपश्चिममा ८१ जना संक्रमित देखिँदा कर्णालीमा ३८३ जना फेला परेका छने ।

त्यस्तै बढी प्रभावित प्रदेशमा पर्ने प्रदेश ५ का ११ जिल्लामा संक्रमण पुष्टि भएका छन् । प्रदेश ५ मा अब रोल्पा एक जिल्लामा मात्रै संक्रमण देख्न बाँकी छ । प्रदेश ५ मा ८९८ जना संक्रमित देखिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशका ७ जिल्लामा संक्रमण देखिएका छन् । कास्की, मनाङ, मुस्ताङ र गोरखा संक्रमण देखिन बाँकी जिल्ला हुन् । गण्डकीमा ५३ जना संक्रमित फेला परेका छन् ।

बागमती प्रदेशको रसुवाबाहेक सबै १२ जिल्लामा संक्रमण देखिएका छन् । यहाँ सबैभन्दा कम संक्रमित ५९ जना फेला परेका छन् ।

सबैभन्दा बढी प्रभावित प्रदेश २ का आठै जिल्लामा कोरोना संक्रमित देखिएका छन् । प्रदेश २ मा ९६३ जना फेला परको छन् ।

प्रदेश १ मा पनि कुनै पनि जिल्ला संक्रमणबाट बचेका छैनन् । त्यहाँको १२ जिल्लामा कूल १९७ संक्रमित देखिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट