लकडाउन मोडालिटी परिवर्तनबारे आज पनि निर्णय भएन

काठमाडौं, २२ जेठ
केही दिनदेखि नै छलफल भइरहेको लकडाउनको मोडालिटी परिवर्तन गर्ने/नगर्नेबारे आज पनि सरकारले निर्णय गर्न सकेन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक सकिएको छ। बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ।

आजको बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने ती मन्त्रीले जानकारी दिए। लामो समयसम्म लकडाउन रहिरहँदा अवज्ञा र विरोध हुन थालेको छ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट