प्रदेशसभाका मर्यादापालक र मन्त्रीका स्वकीय सचिवलाई पनि कोरोना

धनुषा, २२ जेठ

धनुषामा एक जना महिलासहित ६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

आज थपिएका यी संक्रमितमध्ये ५ जना प्रदेश नम्बर २को संसद सचिवालयमा कार्यरत मर्यादापालक हुन्।

गत जेठ १६ गते प्रदेश दुईका प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादापालक, व्यक्तिगत सुरक्षा गार्ड, चालकसहित ३ सय ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो।

जसमा ५ जना मर्यादापालकमा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन्।

उनका अनुसार थपिएका ६ जना संक्रमित जनकपुरधाममै बस्दै आएका छन्। संक्रमित एक महिला प्रदेश २ मन्त्रीकी स्वकीय सचिव रहेको मन्त्रालय स्रोतले जनाएको छ।

सचिवालयकै कर्मचारीमा कोरोना पोजेटिभ भेटिएपछि आजका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट