भरतपुर, २२ जेठ
नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी दिएका हुन् ।
योसँगै नेपालमा जम्मा कोरोना संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेका छन् । उनीहरुमध्ये स्थायी ठेगानाका आधारमा कुन संक्रमित कुन जिल्लाका हुन् हेर्नुहोस् ।
नयाँ संक्रमित
पर्सा १
झापा ५
ताप्लेजुङ १
मोरङ २
सप्तरी १३
बारा १२
सिन्धुली १
रौतहट १
म्याग्दी १
बागलुङ १०
पर्वत ४
स्याङ्जा १
डोटी ३
बाँके ४२
कपिलवस्तु २९
दाङ १५
मुगु १
दैलेख ११३
खोटाङ ३
धनुषा ६
महोत्तरी ३
रौतहट ६४
सर्लाही ३
जम्मा ३३४ जना





