कोरोनाबाट थप एकजनाको मृत्यु, मृतक संख्या १० पुग्यो

भरतपुर, २२ जेठ
नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको पुष्टि भएको छ ।

गत जेठ २० गते मृत्यु भएका पाल्पाका एक पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि मृत्युको दुई दिनपछि आज भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार पाल्पा पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मिसन अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० जना पुगेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट