आजदेखि मतदाता परिचयपत्र वितरण सुरु

२८ वैशाख । पहिलो चरणअन्तर्गत तीनवटा प्रदेशमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आजदेखि मतदाता परिचयपत्र वितरण सुरु हुँदैछ । मतदाताहरूले आफूलाई पायक पर्ने मतदान केन्द्रबाट परिचय पत्र लिन सकिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

मतदाता परिचयपत्र बिहीबारदेखि तीन दिन (बिहीबार, शुक्रबार र शनिबार) हरेक मतदान केन्द्रमार्फत मतदाता परिचयपत्र वितरण गरिन्छ । मतदाता परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्र–स्थल पुग्नुपर्नेछ ।

निर्वाचनको दिनमा ३१ गते मतदाता परिचयपत्र वितरण हुँदैन । मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य चाहिने भएकाले तोकिएको दिनभित्र लिन आयोगले मतदाताहरूलाई आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट