किसानले बाँडे देवघाटमा तरकारी र फलफुल

भरतपुर, २२ चैत
भरतपुर-२५ शुक्रनगरमा व्यवसायिक तरकारी खेती गर्दै आएका समिर भुषाल र उनको समूहले आज ठूलो परिमाणमा नि:शुल्क तरकारी/फलफुल वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन सरकारले लकडाउन गरेपछि भएको खाद्यान्न अभावलाई पूर्तिगर्न भुषालले केही दिनयता नि:शुल्क तरकारी बाँड्दै आएका छन् । आज देवघाट पुगेको भुषाल नेतृत्वको समूहले ७ सय किलो तरकारी र ८ सय कोशा केरा वितरण गरेको थियो ।

२ सय किलो फर्सी, २ सय किलो काँक्रो, १ सय ५० किलो बन्दा, एक सय किलो काउली, ५० किलो बोडी र केरा बाँडेको उनले बताए ।

देवघाटमा रहेका असहाय तथा अशक्त व्यक्तिहरुलाई लक्षित गरेर तरकारी बाँडेको भुषालले बताए । समूहमा सुमन सुवेदी, सुजन भण्डारी, श्याम भुजेल, प्रदिप चापागाँई, गोपि न्यौपाने, मणी सापकोटा र हरि सिवाकोटी सहभागि थिए । वितरण गरिएका सबै तरकारी र फलफुल उनीहरु आँफैले उत्पादन गरेका हुन् ।

देशलाई अप्ठ्यारो पर्दा दु:ख पाएका सर्वसाधारणको सेवा गर्न पाएको भन्दै उनीहरुले खुसी व्यक्त गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट