कोरोनाविरुद्धको लडाइँ दोस्रो चरणमाः स्वास्थ्य मन्त्रालय

भरतपुर, २२ चैत

सरकारले कोरोनाविरुद्धको लडाइँको दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । स्थानीयस्तरमा भाइरसको संक्रमण सरेपछि सरकारले पहिलो चरणबाट जोखिम दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भारतबाट आएका व्यक्तिमा रहेको संक्रमण परिवारका सदस्यमा सरेकोले अब यसलाई लोकल ट्रान्समिसन (स्थानीय प्रसार) मानेर थप सतर्कता अपनाउनुपर्ने बताए । यसअघि देखिएका ६ वटै पोजिटिभ केस विदेशबाट आएकामा देखिएको थियो । तर, स्थानीयस्तरमा एकअर्कामा सरेको भेटिएको थिएन ।

“हामी लोकल ट्रान्समिसनको जोखिममा प्रवेश गरेका छौं”, डा. देवकोटाले भने, “यो दोस्रो चरणको लडाइँ हो । यसमा पनि साथ दिन म सबैलाई अनुरोध गर्छु ।” उनले दोस्रो चरणमा प्रवेश गरेको लडाइँमा लड्नका लागि १४ दिने क्वारेन्टिन अवधि थप गरेर घरै बस्न आग्रह गरे ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट