नेपालका थप ३ जनामा काेराेना, संक्रमित संख्या ९ पुग्याे

भरतपुर,२२ चैत
नेपालमा थप ३ जनामा काेराेना भाइरसकाे संक्रमण फेला परेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गरेर याे जानकारी दिएको हाे ।
मन्त्रालयकाे आधिकारिक फेसबूक पेजमा याे जानकारी राखिएको छ । सूचनाअनुसार निम्न व्यक्तिमा संक्रमण देखिएकाे हाे ।
१. मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष
२. उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष
३. कैलालीको ३४ वर्षीय महिला (यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त)
योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट