काठमाडौं, २२ चैत
नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबूक पेजमा थप तीन जनामा कोरोना संक्रमण भेटिएको उल्लेख गरिएको छ ।
मन्त्रालयकाे आधिकारिक फेसबूक पेजमा याे जानकारी राखिएको छ । सूचनाअनुसार निम्न व्यक्तिमा संक्रमण देखिएकाे हाे ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका स्रोत अनुसार सातौं केस धनगढीको पहिलो र नेपालको चौथो संक्रमितका भाउजू हुन् । उनी ३४ वर्षीया महिला हुन् ।
आठौँ केश लम्की कैलालीका २१ वर्षीय पुरुषमा देखिएको छ । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।
नवौँ केश भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।
कैलाली र कञ्चनपुरको यो घटनाले पहिलो पटक नेपालभित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ ।





