चीनमा तीन मिनेट मौनधारण, राष्ट्रिय झण्डा आधा झुकाइए, मिडिया श्यामश्वेत

काठमाडौं, २२ चैत
कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनमा मृत्यु भएकाहरूको सम्झनामा तीन मिनेट मौनधारण गरिएकाे छ ।

चीनभरिका नागरिकले भाइरसका मृत्यु भएका सबै मानिस र सङ्क्रमितको उपचार गर्दागर्दै आफ्नो ज्यान गुमाउने स्वास्थ्यकर्मीको सम्मानमा तीन मिनेट मौनधारण गरेका हुन् ।

राष्ट्रिय शोक दिनका रूपमा राष्ट्रिय झण्डासमेत आधा झुकाइएकाे छ । सवारीसाधनका हर्नहरूले पनि परम्परागत शोक धुन बजाएका छन् ।

यद्यपि, सङ्क्रमणको डर बाँकी नै रहेकाले सर्वसाधारणलाई भने चिहानमा जानबाट राेकिएकाे थियाे ।

यसैबीच, चीनका सिन्ह्वा, चाइना डेल्ली, ग्लोबल टाइम्स, पिपुललगायतका मूलधारका मिडियाले आफ्ना अनलाइन संस्करण अग्रभाग श्यामश्वेत बनाएका छन् ।

कोरोनाभाइरस महामारीसँग सिङ्गो विश्व आक्रान्त रहेका बेला महामारी सुरु भएको देश भने आफू यसबाट मुक्त भएको देखाउन प्रयासरत छ ।

हुन पनि सङ्क्रमणको इपिसेन्टर मानिएको वुहान सहरमा जनजीवन सामान्य बन्दै गएको छ ।

सडक आसपास तरकारीलगायतका सामग्री बेच्ने व्यापारीहरूले करिब तीन महिनापछि आफ्नो काम पुनः थालेका छन् । यसबीचमा घरमै थुनिएका व्यापारीहरू डराएका र आत्तिएजस्ता देखिन्छन् । प्रायःजसोले दुई तह भएको बाक्लो मास्क र पन्जा लगाएका छन् ।

अन्य ठूला पसलहरू भने अझै खुल्न बाँकी नै छन् ।
-अनलाइनखबर डटकमबाट

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट