मास्क नलगाउने ट्रम्पको घोषणा:मास्क लगाएर शासकहरुलाई कसरी स्वागत गर्ने ?

२२ चैत/ कोरोना भाइरसको महामारीले विश्वलाई आजित बनाइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्क नलगाउने घोषणा गरेका छन् ।

कोरोना भाइरसको महामारीसँगै विश्वभर मास्कको अभाव छ ।यसविरुद्ध जुध्न आमअमेरिकीलाई मास्क लगाउन आह्वान गरिएकाे छ । तर देशका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने  नलगाउने बताएका छन् ।

मास्क नलगाउने घोषणा भित्रको अर्थ पनि अचम्मैको छ । उनले भनेका छन्, “अनुहार छोपेर विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, शासक, राजा, रानीहरुलाई अभिवादन गर्नु शोभनीय हुँदैन ।” ट्रम्पको दाबी छ कि शुक्रबारमात्र सबै जनतालाई गरिएको आह्वान ‘स्वेच्छिक’ हो । “तपाईंलाई मन लाग्दैन भने नमाने पनि हुन्छ,” उनी भन्छन्, “मलाई लाग्छ मैले पनि यो कुरा मान्दिनँ ।”

ट्रम्पको यस्तो भनाइ सार्वजनिक हुनुभन्दा केही घण्टाअगाडि अमेरिकी सरकारको जनस्वास्थ्य परामर्श निकाय रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सबै जनतालाई मास्क लगाउन आह्वान गरेको थियो । त्यसअगाडि अमेरिकी सरकारी निकायले बिरामी वा बिरामीको हेरचाहमा खटिनेहरूले मात्र मास्क लगाए पुग्ने बताएको भए पनि रोगको सङ्क्रमणबाट आफूलाई बचाउन मास्क सहयोगी हुने एक नयाँ अध्ययनले निष्कर्ष निकालेको थियो ।

अमेरिकामा मेडिकल मास्कको अभाव रहेको जनाउँदै केन्द्रले सर्वसाधारणलाई सफा कपडाले आफ्नो मुख छोप्न र बजारमा उपलब्ध मास्क स्वास्थ्यकर्मीका लागि उपलब्ध गराइदिन भनेको छ ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणका कारण सात हजारभन्दा बढीको ज्यान गइसकेको छ । २ लाख ७० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । संक्रमण र मृत्युदर बढ्दै गएपछि त्यहाँका राज्यहरूले सतर्कता बढाउँदै लगेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट