बोकोहरामको आक्रमणमा परी ९२ सैनिकको मृत्यु

१३ चैत/चाड जियादी लडाकुहरूको अतिवादी समूह वोकोहरामको आक्रमणमा परी चाडमा ९२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

राष्ट्रपति ईडिस डेबी ईट्नोले घटनाको पुष्टि गर्नुभएको समाचारमा जनाइएको छ । चाडको लेकचाड क्षेत्रमा घटना भएको हो ।

घटनास्थल क्यामरुन नाईजर र नाईजेरियासगँको सिमा क्षेत्रमा पर्दछ । चाडमा बोकोहराम लडाकूले छिमेकी राष्ट्रमा हिंसात्मक गतिविधि सुरु गर्नु अघि सन् २००९ मा नाईजेरियावाट आफ्नो अभियान सुरु गरेका हुन् ।

“आइतबार रातभर वोमा क्षेत्रमा भएको आक्रमणमा परी हामीले हाम्रा ९२ सुरक्षाकर्मीहरुलाई गुमाएका छौ” राष्ट्रपति ईट्नोले मंगलवार भन्नुभयो । उहाँका अनुसार एउटै घटनामा परी यति धेरै सुरक्षाकर्मीको मृत्यु भएको चाडमा यो पहिलो घटना हो ।

उहाँले घटनास्थल क्षेत्रको भ्रमण समेत गर्नुभएको छ । नाईजेरियावाट वोकोहरामले सुरु गरेको हिंसाका कारण अहिलेसम्म ३६ हजार मानिसको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा उल्लेख छ । रासस

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट