सिराहाका ९ जनालाई कोरोना संक्रमणको आशंका, जनकपुर पठाइयो

सिरहा, ३ चैत

कोरोना भाइरस संक्रमण आशंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना  संक्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए  ।

केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंकामा थप उपचारको लागि जनकपुर पठाइएको वडाअध्यक्ष कामतीले बताए ।

उनले भने, ‘उनीहरुमा देखिएको ज्वारो र रुघा खोकीले गाउँनै आतंकित भएको थियो, त्यसपछि हामीले पनि उनीहरुलाई थप परीक्षणका लागि जनकपुर पठाएका हौं ।’

उनीहरुमा लागातार ज्वरो र रुघाखोकी देखिएपछि गाउँमा आशंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको बडाअध्यक्ष  ले जानकारी दिए ।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि मात्र घर आएको बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट