भरतपुर, ३ चैत
डीआर साइकल स्टोर्सले आयोजना गरेको साइकल फोटो कन्टेक्स्टका विजेतालाई सोमबार पुरस्कार प्रदान गरिएको छ ।

नारायणगढमा आयोजना गरिएको वेडिङ एक्सपोको अवसरमा गरिएको फोटो कन्टेक्स्टमा प्रथम भएका जोन कँडेललाई तीन हजार रुपैयाँ, द्वितीय हुने रोनिस कर्मचार्यलाई दुई हजार रुपैयाँ र तृतीय हुने रामचन्द्र सुवेदीलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको हो । चितवन साइकल राइडर्स क्लवका अध्यक्ष नविन खरेल, डिआर साइकस स्टोर्सका सञ्चालक धर्मराज सापकोटा र एक्सपोको सञ्चालक दाताज इभेन्टका प्रमुख दाताराम घिमिरेले उनीहरुलाई पुरस्कार प्रदान गरे ।
विजेताहरुले प्राप्त पुरस्कार सोही कार्यक्रममा सामाजिक कार्यमा सकृय मौरी समूहलाई प्रदान गरेका थिए ।
आफूले पाएको पुरस्कार हस्तान्तरण गर्दै विजयी कँडेलले सामाजिक अभियानले निरन्तरता पाओस भन्ने कामना गरेका थिए ।





