भरतपुर, ३ चैत
नेपाली काग्रेस चितवनले पूर्व जिल्ला सभापति विकास कोईरालाको कारवाही फिर्ता गराउन केन्द्रीय समितिमा सिफारिस गरेको छ ।

पार्टी सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले कोईरालाको कारवाही फिर्ता गर्न÷गराउन केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला समितिको सोमबार बसेको बैठकले सर्वसम्मत निर्णय गरेको पार्टीका जिल्ला सचिव राजिव न्यौपानेले बताए ।
कोईरालालाई २०७० सालको संविधानसभा निर्वाचनमा केन्द्रीय सभापति सुशील कोइरालाको विरुद्धमा उम्मेद्धवारी दिएको भन्दै तत्कालिन केन्द्रीय समितिले निलम्बन गरेको थियो ।





