‘होटलमार्फत पर्यटन वर्षमा सघाउन चाहन्छौं’(कुराकानी)

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर खोलिएको होटल ‘द नारायणी’ आजबाट औपचारिकरूपमा सञ्चालनमा आएको छ । नवलपरासीको गैंडाकोटस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी चोकमा रहेको उक्त होटेलमा चितवन र नवलपरासीका पर्यटन व्यवसायीको लगानी छ । कूल ७ करोड लगानीमा निर्माण गरिएको यस होटेलमा सुबिधासम्पन्न डिलक्स रुमसहित अत्याधुनिक ध्वनी प्रदूषणरहित ६ वटा बैठक कक्ष तथा सभाहल र मनोरम वाटर फाउन्टेन रहेका छन् । गैंडाकोटस्थित नारायणी किनारमा द नारायणी रिसोर्ट सञ्चालन गरिरहेको नारायणी बिजनेस ग्रुपले गैंडाकोटमा नै यो अर्को होटेल सञ्चालनमा ल्याएको हो । यसै सम्बन्धमा सञ्चालक समिति अध्यक्ष प्रभाकर पण्डितसँग छोटो कुराकानी गरेका छौं :

नेपालमा पर्यटन र होटेल व्यवसाय उत्साहजनक नभएको अवस्थामा यहाँहरूले भने अर्को होटेल पनि थप्नु भयो नि !
नेपलमा पर्यटन व्यवसायको अवस्था निराशाजनक छैन । चितवन तथा गैंडाकोट नेपालको मध्य भागमा पर्दछ, जुन नेपालको तेस्रो पर्यटकीय गन्तव्य पनि हो । आजको पर्यटन व्यवसाय परम्परागत शैलीले मात्र चल्दैन । पर्यटकहरुलाई नयाँ–नयाँ प्रविधियुक्त सेवा तथा सुविधा प्रदान गर्दै नयाँ–नयाँ गन्तव्यको पहिचान गर्न सकियो भने पर्यटन व्यवसायको भविष्य अझ राम्रो हँुंदै जाने कुरामा हामी विश्वस्त छौं । हामी गैंडाकोटको प्रसिद्ध मन्दिर मौलाकालिकाको काखमा, मनोरम नारायणी नदीको सामुन्ने, सुप्रसिद्ध मनकामना मन्दिरको निकट, प्रख्यात साश्वत धाम र लुम्बिनी जाने राजमार्गमैं छौं । त्यस अर्थले पनि हामी आशावादी भएर यो सुविधा सम्पन्न नयाँ होटल होटल द नारायणी प्रा.लि.को स्थापना गरेका हौं ।

यस क्षेत्रकै सुविधा सम्पन्न होटेल भनिएको छ, के–के छन् यसका विशेषताहरू ?
हामी कहाँ अत्याधुनिक सुविधा सम्पन्न डिलक्स रुमहरु छन्, ध्वनी प्रदूषणमुक्त सभा तथा सेमिनार हलहरुमा छन्, मनोरम वाटर फाउन्टेनसहित प्रशस्त सुरक्षित पार्किङको व्यवस्था छ, हामी पाहुनाको रोजाइअनुसारका स्वादिष्ट परिकारहरु पस्कन्छौं र पाहुनाहरुको चाहनाअनुसार देवघाट, मौलाकालिका, सौराहा, गोलाघाट, साश्वतधाम, लुम्बिनी, मनकामनाजस्ता पर्यटकीय स्थलहरु घुमाउने प्याकेज प्रोग्रामहरु छन् । यी सबै सुविधाहरुविना कुनै झन्झट पाहुनालाई उपलब्ध गराउने प्रतिबद्धतासाथ हामी आएको हुँदा हाम्रो होटललाई सुविधा सम्पन्न होटल भनेका हौं ।

 कस्ता किसिमका ग्राहक तथा सेवाग्राहीले यहाँबाट सेवा लिन सक्लान् ?
अहिले पर्यटन वर्ष २०२० को सुरुआती अवस्था हो । राम्रा सुविधा सम्पन्न सभा हल, आकर्षक रेष्टुरेन्ट तथा रुम, स्तरीय पार्टी हल भएका हुँदा विभिन्न संघसंस्थाका साथै हामी स्थानीय, स्वदेशी तथा विदेशी सबैखाले पाहुनाको सेवा गर्न आतुर छौं ।

गैंडाकोटमै ठूलो लगानीको होटेलको आवश्यकता किन देख्नुभयो ?

गैंडाकोट नेपालको मध्यभागमा पर्दछ, नेपालको पूर्व–पश्चिम भ्रमणमा निस्केका जोकोहीका लागि पनि यो क्षेत्र विश्रामका लागि पायक पर्ने ठाउँ हो । यसका साथै गैंडाकोट निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र साश्वत धामको बीचमा पर्दछ । साथै, माथि उल्लेख गरिसकिएका सबै पर्यटकीय स्थलहरुको काखमै रहेको हुँदा हामीले गैंडाकोटमा एउटा सुविधा सम्पन्न होटलको आवश्यकता महसुस गरी यस स्थानलाई रोजेका हौं ।

तपाईं लामो समयदेखि होटेल व्यवसायमा आबद्ध हुनुहुन्छ । कत्तिको सन्तुष्ट हुनुहुन्छ यो व्यवसायबाट ?
विगत केही वर्षदेखि म होटल व्यवसायमा आबद्ध छु । होटल व्यवसाय भनेको विशुुद्ध सेवामुखी व्यवसाय हो । अर्थोपार्जनभन्दा पाहुनाको सेवा र सन्तुष्टिलाई पहिलो सर्त मानेर मैले यस क्षेत्रमा प्रवेश गरेको थिएँ र सोहीअनुरुप कर्तब्य निर्वाह गरेकोले जुन उपलब्धी प्राप्त भएको छ, त्यसप्रति म पूर्ण सन्तुष्ट छु । अहिले हामी ६ जना उत्साही पर्यटन व्यवसायी मिलेर नारायणी बिजनेस ग्रुपको निर्माण गरी नारायणी रिसोर्ट र होटल द नारायणीको स्थापना गरेका छौं । हाम्रो यो व्यावसायिक समूह आफ्नो काम र कर्तव्यबाट कहिल्यै चुक्ने छैनौं भन्ने प्रतिबद्धता जाहेर गर्छु । धन्यवाद ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट