‘होटलमार्फत पर्यटन वर्षमा सघाउन चाहन्छौं’(कुराकानी)

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर खोलिएको होटल ‘द नारायणी’ आजबाट औपचारिकरूपमा सञ्चालनमा आएको छ । नवलपरासीको गैंडाकोटस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी चोकमा रहेको उक्त होटेलमा चितवन र नवलपरासीका पर्यटन व्यवसायीको लगानी छ । कूल ७ करोड लगानीमा निर्माण गरिएको यस होटेलमा सुबिधासम्पन्न डिलक्स रुमसहित अत्याधुनिक ध्वनी प्रदूषणरहित ६ वटा बैठक कक्ष तथा सभाहल र मनोरम […]

हुप्सेकोट गाउँपालिकाको गाडीको ठक्करबाट एक जनाको मृत्यु, स्थिति तनावपूर्ण

नवलपुर, ८ माघ नवलपुरको हुप्सेकोट गाउँपालिका अधिकृतले चलाएको गाडीको ठक्करबाट एक बालकको मृत्यु भएपछि उक्त क्षेत्र तनाबपूर्ण बनेको छ ।अधिकृतले अध्यक्षको गाडी सिक्नका लागि चलाउने क्रममा दुर्घटना भएको हो । दुर्घटनाको विषयलाई लिएर गाउँपालिका क्षेत्रमा हिजो अपरान्हबाटै तनाव सुरु भएको थियो । गाउँपालिकाको ग १ झ ३८९ नम्बरको जीपको ठक्करबाट हिजो अपरान्ह ७ वर्षीय बालकको मृत्यु भएको थियो । दुर्घटनामा तीन जना घाइते भएका छन् ।घाइतेहरुको भरतपुरस्थित […]

प्रेस युनियनको महाधिवेशन चैत २१ मा

भरतपुर, ७ माघ नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । नेपाल प्रेस युनियन चितवनको सभा कक्षमा मंगलबार सम्पन्न केन्द्रीय समितिको बैकले आगामी चैतको २१ र २२ गते महाधिबेशन गर्ने निर्णय गरेको हो । युनियनको प्रतिष्ठान, जिल्ला शाखा र विदेश गरी ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार […]

सुन्दर महानगरमा पानी तालिने सडक किनारा

शिव गौतम माघ ७, भरतपुर नारायणगढको लायन्सचोक–पुलचोक सडकखण्डको किनारामा पानी ताल परेको हुन्छ । आकाशबाट परेको पानीको व्यवस्थापन गर्न नसक्दा सडक किनारामा हप्तौंसम्म पानी ताल पर्ने गरेको हो । सडकको किनारामा फोहर पानी ताल पर्दा शहरको सुन्दरतामा त असर पुगेको छ नै साथमा विभिन्न रोगको संक्रमण गराउने जिवाणुको खतरासमेत बढेको छ । हिउँदको समयमा नै […]

अक्सफोर्ड सहकारीको ठगी धन्दा:९ लाख ऋणलाई २० लाख भनेको आरोप

ध्रुवराज खनाल रत्ननगर, ७ माघ चितवनको खैरहनी–८, पर्सा बजारमा रहेको अक्सफोर्ड बहुउद्देश्यीय सहकारी संस्थाले ठगी गरेको आरोप एक ऋणीले लगाएकी छन् । खैरहनी–७, मझुईकी विमला चौधरीले आफूले ९ लाख ३० हजार ऋण लिएकोमा सहकारीले २० लाख रुपैयाँ लगेको भनेर किर्ते कागज बनाएको आरोप लगाइन् । आफूले २४ लाख ७४ हजार सहकारीलाई फिर्ता गरिसकेको दावी गरेकी […]