भरतपुर, २० मंसिर
भरतपुरमा जारी इन्टरस्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लागि वाल्मीकि शिक्षा सदन भरतपुर र सनराइज ईङ्लीस स्कूल भरतपुर भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमीफाइनल जित्दै यी दुई स्कूल फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमीफाइनलमा वाल्मीकिले लिटल फ्लावर स्कूललाई ६० रनले पराजित ग¥यो । पहिलो खेलमा १०७ रनको उच्च स्कोर बनाउन सफल वाल्मीकिका राज भुसाल म्यान अफ दी म्याच बन्न सफल भए ।

त्यस्तै दोस्रो सेमीफाइनलमा सनराइजले स्मल हेभन स्कूललाई ९० रनले हरायो । सनराइजका पुरुषोत्तम सर्राफ ५६ रन बनाउँदै म्यान अफ दी म्याच बने ।
प्रतियोगिताको फाइनल शनिबार बिहान ११ बजे हुने आयोजक भरतपुर फूटबल क्लबका उपाध्यक्ष धुर्व भुसालले जानकारी दिए ।





