महिला फूटबलको उपाधि एभरेष्टलाई

 राकेश तिमल्सिना भरतपुर, २० मंसिर नारायणगढको क्याम्पाचौरमा सम्पन्न पहिलो संस्करणको स्व.जगदीश खड्का महिला फूटबलको उपाधि हानमी एभरेष्ट क्लब चितवनले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा मकवानपुरको बागमती गाउँपालिकालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै एभरेष्टले उपाधि उचालेको हो । एभरेष्टले ४० हजार नगद पुरस्कारसहित ट्रफी उचाल्यो । उपविजेता मकवानपुरले २० हजार नगदसहित ट्रफी पायो […]

उपाधिका लागि वाल्मीकि र सनराइज भिड्दै

भरतपुर, २० मंसिर भरतपुरमा जारी इन्टरस्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लागि वाल्मीकि शिक्षा सदन भरतपुर र सनराइज ईङ्लीस स्कूल भरतपुर भिड्ने भएका छन् । शुक्रबार भएको सेमीफाइनल जित्दै यी दुई स्कूल फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमीफाइनलमा वाल्मीकिले लिटल फ्लावर स्कूललाई ६० रनले पराजित ग¥यो । पहिलो खेलमा १०७ रनको उच्च स्कोर बनाउन सफल वाल्मीकिका […]

सौगातले जिते ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प’ को उपाधि

२० मंसिर । ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को उपाधि सौगात आचार्यले जितेका छन् । आज भएको फाइनल प्रतिस्पर्धामा ९ जनालाई पछि पार्दै सौगातले उपाधि जितेका हुन् । अरोमा कलेजमा अध्ययरत सौगातले उपाधिसंगै नगद ५० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरे । यस्तै एकता शिशु निकेतनका आशिष बन्जारा फष्ट रनरअप घोषित भए । उनले ३० हजार […]

रत्ननगर महोत्सव हुदै , हेलिकप्टरमा घुम्न पाईने

धु्रवराज खनाल रत्ननगर १९ मंसिर चितवनको स्थापित महोत्सवको रुपमा लिइएको रत्ननगर महोत्सव यस वर्ष आउँदो पुषको २५ गतेदेखी सुरु हुने भएको छ । रत्ननगर नगरपालिका संरक्षक रहने गरि रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा प्रत्येक दुई दुई वर्षमा महोत्सव हुदै आएको छ । यस वर्षको १० औं संस्करण पुष २५ गतेदेखी माघ ७ गते सम्म संचालन […]

भीमको चित्रमा गौंथलीको करुणा

लेखराम सापकोटा गैंडाकोट, १९ मंसिर कलाकार भीमप्रसाद शर्माको चित्रकला मोह लोभलाग्दो छ । हिँडडुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने उनी फुर्सद निकालेर चित्र बनाउन थालिहाल्छन् । लामो समयदेखि चित्रकारितामा लागेका उनले अहिलेसम्म सयौं चित्र बनाइसकेका छन् । उनका चित्रहरूको प्रदर्शनी स्वदेश मात्रै होइन, विदेशसम्म भइसकेका छन् । यसैक्रममा उनको दसौं एकल चित्रकला प्रदर्शनी […]

हिंसाविरुद्ध हस्ताक्षर

भरतपुर, १९ मंसिर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अहिले चलिरहेको छ । अभियानको ११ औं दिनमा बिहीबार चितवनका जनप्रतिनिधि, सरोकारवाला निकाय एवं सामाजिक अभियन्ताबीच अन्तरक्रिया तथा हस्ताक्षर संकलन गरिएको छ । भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उपस्थित सबैले हिंसाविरुद्ध हस्ताक्षर गरेका छन् । सो क्रममा उनीहरुले हिंसा नगर्ने र नसहने प्रतिबद्धता जनाए । भरतपुर महानगरपालिका […]

उपनिर्वाचनले कांग्रेस उत्साहित

विप्लव काफ्ले भरतपुर, १९ मंसिर उपनिर्वाचनमा चितवनका ३ वटै वडामा वडाध्यक्ष पद जितेपछि नेपाली कांग्रेस निकै उत्साहित बनेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको पक्षमा मतदाता बढी हुने अनुमान गरिए पनि अन्ततः कांग्रेसले मंसिर १४ गतेको उपिनिर्वाचन जितेपछि यो उत्साह बढेको हो । भरतपुर–१६ को स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेका चतुरमान […]

कृषि यान्त्रिकीकरणको लहर:चितवन र मकवानपुरबाट ५ अर्ब बढी अनुदान माग

राजेश घिमिरे चितवन, १९ मंसिर कृषिमा आधुनिकीकरणका लागि सञ्चालित यान्त्रिकीकरण कार्यक्रमतर्फ किसानको आकर्षण बढ्दो छ । चितवन र मकवानपुरबाट मात्रै यसवर्ष यान्त्रिकीकरणका लागि ५ अर्ब रुपैयाँभन्दा बढी रकम अनुदान माग भएको छ । दुई जिल्लाका किसान, समूह तथा सहकारीहरुले कृषिका लागि आवश्यक आधुनिक औजार खरिद गर्नका लागि उक्त रकम बराबरको अनुदान माग गरेका हुन् । […]