रत्ननगर महोत्सव हुदै , हेलिकप्टरमा घुम्न पाईने

धु्रवराज खनाल

रत्ननगर १९ मंसिर

चितवनको स्थापित महोत्सवको रुपमा लिइएको रत्ननगर महोत्सव यस वर्ष आउँदो पुषको २५ गतेदेखी सुरु हुने भएको छ । रत्ननगर नगरपालिका संरक्षक रहने गरि रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा प्रत्येक दुई दुई वर्षमा महोत्सव हुदै आएको छ । यस वर्षको १० औं संस्करण पुष २५ गतेदेखी माघ ७ गते सम्म संचालन हुने आयोजक रत्ननगर उद्योग वाणिज्य संघले विहीवार चितवनको सौराहामा पत्रकार सम्मेलन गरि जानकारी गरायो ।

यस वर्षको नारा रत्ननगर महोत्सव हाम्रो पहिचान व्यवसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान तय गरिएको छ । नारा अनुसार यस वर्षको महोत्सवमा कृषि र पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुलाई प्राथमिकता दिईएको महोत्सवका संयोजक एवंम् रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले वताए । महोत्सव १२ दिन सम्म टिकौली चौरमा संचालन हुनेछ । महोत्सवमा कृषि प्रर्दशनी तथा प्रतियोगिता,ताजा तरकारी,च्याउ,थोपा सिंचाई प्रविधि,केरा,माछा,दुग्धजन्य पदार्थ,निशुल्क माटो शिविर,पोल्ट्री,महसंगै कृषि तथा पशुजन्य व्यवसायलाई विषेश जोड दिदै तिनीहरुको छुट्टा छुट्टै परिसरको समेत महोत्सवमा व्यवस्था मिलाईएको संयोजक रेग्मीले वताए ।

महोत्सव अवधिभर चितवनको पर्यटकीय क्षेत्रको प्रर्वद्धन गर्नका लागि हेलिकप्टरबाट अवलोकनको व्यवस्था समेत मिलाईएको छ । चितवनको प्रमुख पर्यटकीय स्थलहरु सौराहा, देवघाट, सिराईचुली,उपरदाङगढी,कामिनचुली,परेवाकोट,विस हजारी ताल,माडीको पाँच पाण्डव लगायतको हेलिकप्टरबाट अवलोकन गर्न सकिने महोत्सवका संयोजक रेग्मीले जानकारी दिए । पर्यटनलाई महोत्सवले प्राथमिकता दिएको छ संयोजक रेग्मीले भने – यहाँको संभावनालाई उजागर गर्न थप मद्यत पुग्ने विश्वास छ । अवलोकनका लागि प्रत्येक व्यक्ती ४ हजार ५ सयदेखी ५ हजार रुपैया सम्म शुल्क लाग्ने उनले वताए । सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई समेत यो कार्यक्रमले टेवा पुर्याउने आयोजकको विश्वास छ । महोत्सवमा चीन,भारत,वंगलादेश,पाकिस्तानका उत्पादन र प्रविधिको समेत प्रर्दशनी गरिने छ ।
महोत्सव अवधिभर कुल ५ लाख दर्शकले अवलोकन गर्नुका साथै ५० करोड रुपैया बराबरको कारोवार हुने अपेक्षा गरिएको संघका निवर्तमान अध्यक्ष एवंम् महोत्सवका आर्थिक समिति संयोजक ज्ञानवहादुर विसुरालले वताए । महोत्सवमा करिव ५ सय वटा स्टल रहनेछ । महोत्सव अवलोकनका लागि सर्वसाधरणलाई रु ५० र विद्यार्थीलाई रु २५ शुल्क लाग्ने आर्थिक समिति संयोजक विसुरालले वताए । महोत्सव अन्र्तगत पुष २९ गतेदेखी माघ ४ गते सम्म रत्ननगरको टाँडी चोकमा चिकेन एण्ड एग फेस्टिवल समेत आयोजना गरिने छ ।

महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती पनि रहने छ । महोत्सवको सुरक्षाका लागि सिसि टिभी मार्फत निरीक्षण गरिनुका साथै ५ करोड वरावरको बीमाको व्यवस्था मिलाईएको संघका वरिष्ठ उपाध्यक्ष एवंम् मेला व्यवस्थापन समिति संयोजक अनिलकृष्ण श्रेष्ठले वताए । पत्रकार सम्मेलनमा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले भ्रमण वर्षको सुरुवातमा हुन लागेको रत्ननगर महोत्सवले भ्रमण वर्षलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट