गोपाल भट्टराई
प्रबन्ध निर्देशक, सफल मोर्टस प्रा.लि. भरतपुर
गोपाल भट्टराई सफल व्यवसायीका रुपमा स्थापित छन् । बुबा दुर्गाप्रसादले २०४२ सालमा पोखरा बसपार्कमा सञ्चालन गरेको वर्कसपमा उनी सानैदेखि इञ्जिन मर्मत गर्ने काममा सक्रिय बने । अटोमेकानिकलको तालिम लिएका दुर्गाप्रसादलाई गोपालले हरेक दिन स्कूल जानुभन्दा पहिले र घर आएपछि सधैं साथ दिन थाले ।
उनले बालकुमारी कलेजमा व्यवस्थापन विषय पढेका थिए । टाटाको लागि नेपालको आधिकारिक डिष्ट्रिब्युटर्स सिप्रदी ट्रेडिङले नारायणगढमा सर्भिस सेन्टरका लागि दुर्गा वर्कसपलाई जिम्मा दियो । २०६८ सालमा सफल मोटर्सलाई सब–डिलर्सका रुपमा चलाए । त्योबेला चितवनमा टाटाको म्याजिक भ्यान निकै खपत भयो । उनको व्यवसायले उचाइ पायो । “पढाइसँगै गाडी मर्मतमा खटिएँ”, उनी सम्झन्छन्, “त्यो लगावले मलाई यहाँसम्म पु¥यायो, आफ्नो काममा कहिल्यै हिनताबोध भएन ।” उनी अहिले टाटाका साना तथा मझौला गाडी बिक्री गर्ने सफल व्यवसायीका रुपमा स्थापित छन् ।
लायन्चोकमा रहेको शो–रुम यही साउनदेखि भरतपुर विमानस्थल अगाडि सरेको छ । चितवन र नवलपरासी क्षेत्रमा टाटाका लागि आधिकारिक बिक्रेताका रुपमा सफल मोटर्स चिनिएको छ । उनका बुवा ४१ वर्षदेखि व्यवसायमै छन् । दुर्गा एण्ड सन्स अटोमोबाइल्स प्रा.लि. टाटाको सर्भिस सेन्टरका रुपमा छ । रत्ननगर भानुचोक, नारायणी किनार र न्यूरोडमा टाटाका सर्भिस सेन्टर छन् । सफल मोटर्सको कावासोती र रत्ननगर निपनीमा शो–रुम सञ्चालनमा छ । “स्वदेशमै आत्मनिर्भर बनाउन युवालाई साना तथा मझौला गाडी बेच्ने कामलाई निरन्तरता दिएको छु”, उनी भन्छन्, “गाडी चलाएरै सफल जीवनयापन गर्न सकिन्छ, थोरै लगानीमा सरल किस्तामा गाडी बेच्दै आएका छौँ ।”
उनले आफ्नो पेशा परिवर्तन गरेनन् । विलाशिताका गाडी बेच्ने सोच पनि बनाएनन् । उनी हाल चितवन अटोमोबाइल्स डिलर एशोसिएशन (काडा) का उपाध्यक्ष हुन् । चितवन अटोमेकानिकल व्यवसायी संघको कोषाध्यक्ष, २ कार्याकाल अध्यक्ष, नारायणगढ जेसीज २०१६ को अध्यक्ष भइसकेका छन् । हाल चितवन चेम्बर अफ कर्मस चितवनको उपाध्यक्ष हुन् । “१५ वर्ष वर्कसपमै बसेर काम गरेँ”, उनी भन्छन्, “त्यही कामले व्यवसाय चलाउन सहज बनायो ।”
सफलमा टाटाका गाडी
भारतीय चर्चित ब्राण्ड टाटाका साना तथा मझौला गाडी सफल मोटर्सले बेच्दै आएको छ । टाटा एसिइ (छोटा हात्ती) १२ लाख ५५ हजार, म्याजिक मन्त्र १७ लाख ५ हजार, विङ्गर भ्यान ३९ लाख ७५ हजार, मिनी ट्रक र मिनी ट्रिपर २० देखि ३० लाखसम्म मूल्य पर्छ । टाटा कम्पनीका जुनसुकै पुराना गाडी साटफेर गरेर नयाँ किन्न पाइने ‘एक्सचेञ्ज’ अफर ल्याइएको छ । उचित मूल्यांकन गरेर साटफेर सुविधा दिइएको छ । २० देखि ४० प्रतिशतसम्म डाउनपेमेन्टमा गाडी बिक्री हुँदै आएको छ । ४८ देखि ६० किस्तासम्म ४ देखि ५ वर्षमा चुक्ता गरिसक्ने गरी गाडी बेच्दै आएको छ । ग्राहकले बेलामा रकम तिर्ने आधार भेटिएमा सरल किस्तामा समेत बेच्दै आएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा टाटा योद्धाको खरिदमा १ लाख ३५ हजार नगद छुट वा २ वर्षको निःशुल्क सर्भिस दिइने योजना ल्याइएको छ ।
रोजगारी सिर्जना गर्न टाटा
थोरै लगानीमा टाटाका साना तथा मझौला गाडी खरिद गर्ने अधिकांश स्वरोजगारमा सक्रिय छन् । ग्रामीण बस्तीसम्म यातायातको पहुँच पु¥याउन सफल भएको छ । ग्रामीण क्षेत्रमा सडक विस्तार भैनसकेकाले अधिकांश साना गाडी बजार केन्द्रित हुनुपर्ने बाध्यता छ । “स्थानीय तहले सहज रुट दिएमा स्वरोजगारको विकास हुनेछ”, भट्टराईले भने, “गाउँ–गाउँसम्मका सडक सुधार भएमा साना गाडीले यात्रा थप सहज बनाउनेछन् ।”
मोबाइल भ्यान सर्भिस
सफल मोटर्सले २ वटा मोबाइल भ्यान सर्भिसका लागि प्रयोग गर्दै आइरहेको छ । टाटाका तालिमप्राप्त मेकानिक्स तथा इञ्जिनियरले गुणस्तरीय सेवा दिदै आइरहेका छन् । जहाँ गाडी बिग्रन्छ, त्यही पुगेर मर्मत गर्ने सेवा समेत छ । ठाउँ–ठाउँमा घरपायक सर्भिस सेन्टरहरु छन् ।
जनशक्ति उत्पादन गरिदै
सफल मोटर्सअन्तर्गतका दुर्गा एण्ठ सन्स अटोमोबाइल्स प्रा.लि. ले सीटीभईभीटीबाट स्वीकृति लिएर छोटो अवधिका तालिम सञ्चालन गर्दैछ । मेकानिक्स, अटो पेन्टर, एसिष्टेण्ट वेल्डर, लथ सेटर अपरेटर सम्बन्धि तालिम दिइदै छ । ३९० देखि ५५० घण्टासम्मको तालिम दिन लागिएको छ । दक्षजनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।






