ज्योति युवा क्लबले दौड गर्ने

भरतपुर, १४ कात्तिक

ज्योति युवा क्लब भरतपुर–८, गौरीगञ्जले तिहार तथा छठ पर्वको अवसर पारेर अन्तर टोलविकास मैत्रीपूर्ण सर्ट म्याराथुन प्रतियोगिता गर्ने भएको छ ।
‘स्वस्थ तन, समृद्ध जीवन, खेलकुद र सरसफाइ हाम्रो अभियान’ मूल नाराका साथ दोस्रोपटक यो प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अभ्यक्ष बुद्धिसागर कँडेलले जानकारी दिए । कात्तिक १७ गते बिहान ७ बजे आयोजना गरिने प्रतियोगितामा सहभागी हुन २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

प्रतियोगितामा हरेक टोलबाट १८ देखि ४० वर्षसम्मका महिला र पुरुष २–२ जना तथा ४० वर्षमाथिका महिला र पुरुष २–२ जना सहभागी गराइनेछ । उनीहरुले कात्तिक १५ गते साँझ ५ बजेसम्म आफ्नो नाम दर्ता गरिसक्नुपर्नेछ ।

दौड महिलाका लागि ३ हजार मिटर र पुरुषका लागि ५ हजार ५ सय मिटर दूरीको हुने क्लबका सचिव उपेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रतियोगिता विजेताले ४ हजार ४, दोस्रो हुनेले ३ हजार ३, तेस्रोले २ हजार २ र सान्त्वना स्थान हासिल गर्नेले १ हजार १ रुपैयाँसहित प्रमाणपत्र र विशेष उपहार पाउने छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट