मकवानपुर, ४ वैशाख ।
मकवानपुरमा शुक्रबार दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
हेटौंडा–१८ भक्तिचोकमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् ।
यस्तै, बागमती गाउँपालिका–७ पाथिभरामा रोकिएको अटोलाई कारले ठक्कर दिँदा चिनीमाया रुम्बाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अटो चालकसहित २ जना घाइते भएका छन् ।
घाइतेहरूको हेटौंडास्थित अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।




