मकवानपुरमा दुई दुर्घटना : २ जनाको मृत्यु, ६ घाइते

मकवानपुर, ४ वैशाख । मकवानपुरमा शुक्रबार दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । हेटौंडा–१८ भक्तिचोकमा दुई मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । यस्तै, बागमती गाउँपालिका–७ पाथिभरामा रोकिएको […]

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ६ घाइते

मकवानपुर । मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका-१८ भक्तिचोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको र बागमती गाउँपालिका-७ पाथिभरामा कारले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार हेटौंडा-१८ भक्तिचोकस्थित हेटौंडा-धरान-चतरा […]

समस्याग्रस्त कृषि सहकारीका पीडितलाई रकम फिर्ता सुरु

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा कार्यालय रहेको समस्याग्रस्त कृषि बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरूलाई रकम फिर्ता गर्न सुरु गरिएको छ । मध्यपुर थिमि नगरपालिकाद्वारा गठित सहकारी व्यवस्थापन समितिले पहिलो चरणमा प्रतिबचतकर्ता १० हजार रुपैयाँसम्म फिर्ता गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो। समितिका अनुसार हालसम्म ५३८ जना बचतकर्ताले करिब २२ करोड रुपैयाँ बराबरको रकम दाबी […]

डा. पुडासैनीको आँसुले लेखिएको कृति `कालो आँधी´ बजारमा 

काठमाडौं, ४ वैशाख । प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित अस्तित्ववादी मनालाप कृति `कालो आँधी´ बजारमा आएको छ । शारीरिक रुपमा अत्यन्त स्वस्थ, हृष्टपुष्ट, सधैँ हँसिलो र सधैं रसिलो डा. पुडासैनीलाई एक्कासी नेजोफेरेन्जियल कार्सिनोमा नामको क्यान्सरले आक्रमण गर्यो । क्यान्सर डायग्नोसिस हुने बित्तिकै पुडासैनीले रेडियोथेरापी, किमोथेरापी र अरु धेरै औषधिहरू लिन […]

स्कुले जीवन र साइकल प्रेम (संस्मरण)

२०४१ सालमा राष्ट्रिय प्राथमिक विद्यालय कैलाशनगरबाट कक्षा ६ पढ्न प्रेमबस्ती माध्यमिक विद्यालय जाने लहरमा मिसिएँ म पनि । त्यस लहरले ठुल्दाइ अर्जुन , माहिँला दाइ राम र दिदीलाई कैलाशनगर स्कुलबाट तानिसकेको थियो । म पनि त्यही लहरमा समाहित भएँ , नाम चलेको स्कुल प्रेमबस्ती । प्रेमबस्ती स्कुल पुग्न करिब ५० मिनेट लाग्थ्यो । घरदेखि स्कुलको […]