ज्योति युवा क्लबले दौड गर्ने

भरतपुर, १४ कात्तिक ज्योति युवा क्लब भरतपुर–८, गौरीगञ्जले तिहार तथा छठ पर्वको अवसर पारेर अन्तर टोलविकास मैत्रीपूर्ण सर्ट म्याराथुन प्रतियोगिता गर्ने भएको छ । ‘स्वस्थ तन, समृद्ध जीवन, खेलकुद र सरसफाइ हाम्रो अभियान’ मूल नाराका साथ दोस्रोपटक यो प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अभ्यक्ष बुद्धिसागर कँडेलले जानकारी दिए । कात्तिक १७ गते बिहान ७ बजे […]

प्रेस युनियन चितवनको पदभार ग्रहण

सहसचिवमा आशा खरेल, प्रशिक्षण विभागमा रमेश बस्ताकोटी मनोनीत भरतपुर, १४ कार्तिक नेपाल प्रेस युनियन चितवनको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । आठौँ जिल्ला अधिवेसन अध्यक्षमा निर्वाचित अनिल ढकाल निर्वाचित भएका थिए । निर्वतमान अध्यक्ष नारायण अधिकारीले नवनिर्वाचित अध्यक्ष ढकाललाई पद हस्तान्तरण गरे । अध्यक्ष बाहेकका अन्य सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको हो । […]

पोल्ट्री व्यवसाय विस्तार गर्न विज्ञको सक्रियता

प्रमिता ढकाल भरतपुर, १४ कार्तिक चितवनको भरतपुरमा ३ दिन सम्म चलेको कुखुरापालन सम्बन्धि अन्तराष्ट्रियस्तरको गोष्ठी ८ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । नेपालमा कुखुरापालन क्षेत्रमा अध्ययन, अनुसन्धान एकातर्फ र व्यवहारीक व्यवसाय अर्कातर्फ भइरहेको बेला गोष्ठीले अध्ययन अनुसन्धान र व्यवसायीकरणलाई दिशानिर्देश गर्ने गरी घोषणापत्र जारी गरी समापन भएको हो । कुखुरा उत्पादनसम्बन्धी नीतिगत र […]

झिलिमिलि बत्तीको कारोबार बढ्दै

विप्लव काफ्ले भरतपुर, १४ कार्तिक तिहार नजिकिएसँगै बजारमा झिलिमिलि बत्ती (झालर) खरिद गर्नेको चहलपहल बढेको छ । नारायणगढ, भरतपुर, टाँडी लगायतका मुख्य बजारमा विद्युतीय सामाग्रीका पसलले झालर बत्ती खरिद गर्ने क्रम बढेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तेजनारायण खरेलले उपभोक्तालाई खरिद गर्न पसलहरुले थोक बिक्रेताबाट झालर बत्ती खरिद गर्ने क्रम सुरु भएको […]

खैरहनीको ३ र ९ मा अनलाइनबाट घटना दर्ता सुरु

रत्ननगर, १४ कार्तिक खैरहनी नगरपालिकाले नगरपालिकालाई प्रविधिमैत्री बनाउँदै लगेको छ । नगरलाई प्रविधिमैत्री वनाउनुका साथै नगरबासीको काम र सेवा प्रवाह छिटो र छरितो बनाउने उदेश्यसहित नगरपालिकाको थप दुई वटा वडामा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ताको काम सुरु भएको छ । खैरहनी वडा नम्वर ३ र ९ ले मंगलबारबाट अनलाइनमार्फत घटना दर्ताको काम सुरु गरेको हो […]

माधवपुरमा महायज्ञ सुरु हुदै

रत्ननगर, १४ कार्तिक रत्ननगर–१५ माधवपुरमा रहेको आधारभूत विद्यालय माधवपुर (१–८) हरियालीटोलमा आज (बुधबार) देखि महायज्ञ सुरु हुदैछ । विद्यालयको शैक्षिक गुणस्तर सुधार,पूर्वाधार निर्माण तथा प्राविधिक शिक्षा सञ्चालनको लागि आर्थिक संकलन गर्न आयोजना गरिएको सो महायज्ञको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा साँसद सुरेन्द्र पाण्डेले उद्घाटन गर्नेछन । महायज्ञमा वाचन पण्डीत दिनबन्धु पोखरेलले कथाबाचन गर्नेछन् । उद्घाटन […]

उपचारमा रगत अभाव

भरतपुर, १४ कार्तिक चाडपर्व शुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार दशैँको फूलपातीयता एक पटक मात्र रक्तदान कार्यक्रम भएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलले दशैँअघि सङ्कलन भएको रगत र दाताहरूले केन्द्रमा आएर दिएको रगतले अत्यावश्यक घाइते एवं बिरामीलाई धानिरहेको बताए । रगत सहज रूपमा नपाएपछि बिरामी र […]

सगुन महोत्सवमा दर्शक बढे

रत्ननगर, १४ कार्तिक कालिका–६ रेडक्रसग्राम चौरमा जारी सगुन महोत्सवमा दर्शकको चाप बढेको छ । महोत्सवमा कलाकारको प्रस्तुति हेर्नका लागि दर्शक बढी आउने गरेका छन् । महोत्सव मूल समारोह समितिका संयोजक केशव लामाले महोत्सव अवलोकन गर्न आउनेको चहलपहल बढेको बताए । हरेकदिन फरक फरक कलाकारको प्रस्तुती हेर्नका लागिदर्शकहरु आइरहेका छन् । स्थानीय स्तरमा संचालितमहोत्सवमापनि धेरै कलाकारहरुको […]

पर्साढापमा जेष्ठ नागरिकलाई स्वस्थ्य शिविर

भरतपुर, १४ कार्तिक पश्चिम चितवनको पर्साढाप बजारमा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका २७ पर्साढापको आयोजनामा सञ्चालितबाट शिविरबाट १ सय ५० जनाले लाभान्वित जेष्ठ नागरिकहरु लाभान्वित भएका थिए । ओसिस मेडिकल कलेज भरतपुरले प्राविधिक सहयोगमा कलेजले नै विभिन्न समस्या देखिएका जेष्ठ नागरिहरुलाई निशुल्क औषधी समेत वितरण गरेको वडा […]

सांग्रिलाको रक्तदान

भरतपुर, १४ कार्तिक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड नारायणगढ शाखाले रक्तदान कार्यक्रम गरेको छ । १५ औं बर्षमा प्रवेश गरेको अवसर पारेर समाजिक उत्तरदायित्व अन्तर्गत नारायणगढ शाखामा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष इञ्जिनियर भोजराज कौडाल, संघका कार्यसमिति सदस्य सोमप्रसाद काप्री, क्षेत्रीय रक्त संचार […]