स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव

भरतपुर, ११ कात्तिक
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाको नयाँ नेतृत्वलाई पुस्तक तथा स्टेसनरी सामग्रीमा व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा हटाई पूर्ण व्यावसायिक वातावरण निर्माण गर्न पुस्तक व्यवसायीहरुले सुझाव दिएका छन् ।
उनीहरुले उपभोक्तालाई सहजरूपमा सामान उपलब्ध गराउन अबको नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने बताए । शनिबार भरतपुरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागीले पुस्तक व्यवसायी संगठित हुँदा मर्यादित व्यवसाय विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रममा सम्बोधन गर्दै महासंघका केन्द्रीय कोषाध्यक्ष रामशरण सिलवालले पुस्तक व्यवसायी मिलेर सहकारी सञ्चालन गर्ने योजना सुनाए । आफू अध्यक्ष हुँदादेखि नै सञ्चालनको योजना बनाएपनि विविध कारणले नसकिएको भन्दै यही समितिको कार्यकालमा यसलाई कार्यान्वयन गर्ने बताए ।
कार्यक्रममा बोल्दै महासंघ चितवनका पूर्वअध्यक्ष सरोज मास्केले व्यवसायमा रहेको विभिन्न नकारात्मक पक्षलाई हटाउन नयाँ समितिलाई सुझाव दिए । “पुस्तक व्यवसायमा अझैपनि अस्वस्थ प्रतिस्पर्धा पाइन्छ”, उनले भने, “अहिलेको नेतृत्वले यसलाई हटाउँदै स्वस्थ व्यावसायिक वातावरण निर्माण गर्नुपर्छ ।” महासंघ चितवन शाखाको हालै सम्पन्न दशौं साधारणसभा तथा पाँचौं अधिवेशनले राजेन्द्र तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित समितिले नै कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष किरणकुमार खनालले किताबको मूल्य नेपाल सरकारले तोकेको मापदण्डअनुसारै भएकोले देशैभरका उपभोक्ता लाभान्वित भएको बताए । नेपाल सरकारले पाठ्यक्रमका हरेक किताबको मूल्य पृष्ठ संख्याअनुसार निर्धारण गर्नुपर्ने मापदण्ड तोकेको छ ।
कार्यक्रममा भरतपुर र नारायणगढ बजार क्षेत्रका पुस्तक तथा स्टेसनरी व्यवसायीसहित केन्द्रीय प्रतिनिधिको उपस्थिति थियो । समारोहमा व्यवसायी बिच अन्तरक्रिया पनि गरिएको थियो । पूर्वअध्यक्ष बिष्णुप्रसाद धिताल, केन्द्रिय सदस्य नारायण काफ्लेले पनि बोलेका थिए । आफ्नो कार्यकालमा होलसेल र खुद्रा पसल विचको सम्बन्धलाई अझै व्यवस्थित बनाई उपभोक्तालाई सहजरूपमा सामग्री बिक्री वितरण गर्ने नव निर्वा्चित अध्यक्ष राजेन्द्र तिवारीले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट