केही दिनभित्रै तल्लो तहसम्म कमिटी ः अध्यक्ष दाहाल

चितवन, ११ कात्तिक (रासस) ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताउनुभएको छ । नेकपा चितवनले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई सफलतापूर्वक तलसम्म सम्पन्न गर्ने अन्तिम तयारी भइरहेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “केही दिनभित्रै सबै प्रदेश, जिल्ला […]
शिक्षामा खर्च बढाउँदै स्थानीय तह

विप्लव काफ्ले भरतपुर, ११ कात्तिक माडी नगरपालिकाले शिक्षामा जिल्लाका अन्य स्थानीय तहले भन्दा बढी खर्च गर्ने भएको छ । आन्तरिक स्रोतबाट शिक्षामा खर्च गर्नेको सूचीमा माडी नगरपालिका अग्रस्थानमा छ । आन्तरिक स्रोतबाट माडी नगरपालिकाले २ करोड, इच्छाकामना गाउँपालिकाले १ करोड ९७ लाख, खैरहनी नगरपालिकाले १ करोड, कालिका नगरपालिकाले ८० लाख यो वर्ष खर्च गर्दैछ । […]
मावि चलाउन महायज्ञ

रत्ननगर, ११ कात्तिक / रत्ननगर–१५, हरियाली टोलस्थित आधारभूत विद्यालय माधवपुरमा यही कात्तिक १४ गतेदेखि श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञानमहायज्ञ तथा माधवपुर धार्मिक शैक्षिक महोत्सव हुने भएको छ । महायज्ञ मूल समारोह समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सव र यसको तयारीबारे जानकारी गराएको हो । माध्यमिक तहको विद्यालय सञ्चालन, कक्षा १ देखि १० सम्म अंग्रेजी माध्यमबाट […]
असमेली स्रस्टालाई भरतपुरमा स्वागत

भरतपुर, ११ कात्तिक चितवन साहित्य परिषद् (चिसाप)को आयोजनामा पूर्वोत्तर भारत असम नेपाली नाट्य सम्मेलनका स्रष्टाहरुको स्वागत तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रम चिसापका अध्यक्ष सुरेन्द्र अस्तफलको अध्यक्षता र प्राध्यापक डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । असमेली साहित्य र नेपाली साहित्यबीचको अन्तरकिया गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको कार्यक्षमता संयोजक केदारनाथ […]
स्वस्थ प्रतिस्पर्धा गर्न सुझाव

भरतपुर, ११ कात्तिक नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ चितवन शाखाको नयाँ नेतृत्वलाई पुस्तक तथा स्टेसनरी सामग्रीमा व्यवसायीबीचको अस्वस्थ प्रतिस्पर्धा हटाई पूर्ण व्यावसायिक वातावरण निर्माण गर्न पुस्तक व्यवसायीहरुले सुझाव दिएका छन् । उनीहरुले उपभोक्तालाई सहजरूपमा सामान उपलब्ध गराउन अबको नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने बताए । शनिबार भरतपुरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागीले […]