व्यक्ति स्वरोजगार भए, नगर समृद्ध बन्छ ः मेयर चौधरी

खैरहनी,९ असोज ।व्यक्ति स्वरोजगार बने नगर समृद्धिका लागि सहयोग पुग्ने खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले बताएका छन् । पत्रकार विकास पौडेलले खैरहनीको पर्सामा सोमबारदेखि सुरु गरेको पर्फेक्ट मिडिया एण्ड ििडङ हाउसको उद्घाटन गर्दै नगर प्रमुख चौधरीले व्यीक्तको आर्थिक विकासका लागि पनि स्वरोजगार वन्नुपर्ने बताए ।
नगरभित्र उद्योग व्यवसाय थपिनु नगरपालिकालाई पनि आर्थिक हिसाबले राम्रो रहने उल्लेख गर्दै नगर प्रमुख चौधरीले उद्योगी व्यवसायीकै सहयोग लिने र उनीहरुका लागि हरेक किसिमको सहयोग गर्न नगरपालिका तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का कोषाध्यक्ष ज्ञानबहादुर बिसुरालले पत्रकारितालाई दिगो बनाउन र घर परिवार सञ्चालनका लागि व्यवसायले मद्दत पुग्ने धारणा व्यक्त गरे । प्रदेश सदस्य गुणराज श्रेष्ठले पत्रकारिता र व्यवसायलाई सँगै लैजान सके सफल हुने विश्वास व्यक्त गरे । खैरहनी–२ घर भएका पत्रकार पौडेल विगत पाँच वर्षदेखि पत्रकारिता पेशामा आबद्ध छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट