विश्वविजेता जर्मनीको अप्रत्यासित हार, वल्र्डकपबाट बाहिर

भरतपुर, १३ असार ।

छनोटका लागि जित्दै पर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साविक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको थियो ।

९ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा किम योङ र छैटौं मिनेटमा सन ह्युङमिनले गोल गरेका थिए । किमको गोल सुरुमा अफसाइड लिइएपनि भिएआरको प्रयोगपछि गोल दिइएको थियो । दबाबमा परेको जर्मनीले गोल फर्काउन आक्रामक रणनीति अपनाउँदा काउन्टर एट्याकमा अर्को गोल खाएको थियो ।

समूह ‘एफ’को अर्को खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्विडेन समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ । स्विडेनसँग पराजित भएपनि अघिल्ला दुई खेलको जितका कारण मेक्सिको समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।

३ खेलपछि स्विडेन र मेक्सिको समान ६ अंक छ । गोलअन्तरमा स्विडेन शीर्षस्थान र मेक्सिको दोस्रो स्थानमा रह्यो । प्रतियोगिताबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक छ । जर्मनीले समूहको पुछारमा रहँदै विश्व कपको अन्त्य गरेको छ ।

दुवै खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै स्विडेनले मेक्सिको माथि जित दर्ता गरेको थियो । लोडविग अगस्टिन्सनले ५० औं मिनेटमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए भने आन्द्रेस ग्रान्कभिस्टले ६२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । एडसन अल्भारेजको आत्मघाती गोलमा स्विडेनको गोलअन्तर थ फराकिलो बनेको थियो ।

पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएपछि साविक विजेता दबाबमा परेको थियो । तर, पछिल्लो खेलको अन्तिम समयमा गोल गर्दै स्वीडेनलाई २–१ ले हराउँदै जर्मनी विश्व कपमा फर्केको थियो । समूह चरणका अन्य खेलमा स्वीडेनले कोरियालाई १–० ले हराएको थियो भने मेक्सिकोले स्वीडनेलाई २–१ ले हराएको थियो ।(हाम्रो खेलकुद)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट