ब्राजिल र स्वीट्जरल्यान्ड अन्तिम १६ मा

भरतपुर, १४ असार । समूह ‘इ’को खेलमा ब्राजिलले सर्वियालाई २ गोलले पराजीत गरेको छ। एक खेलमा बराबरी र एकमा जीत निकालेको ब्राजिल आजको खेलमा जीत वा न्यूनतम बराबरीको लक्ष्यका साथ मैदान छिरेको थियो भने सर्विया अनिवार्य जित निकाल्नै पर्ने अवस्था मैदान छिरेको थियो। खेलको अधिकाशं समय बललाई आफ्नो नियन्त्रणमा राखेको बराजिलले पहिलो गोल खेलको पहिलो […]
विश्वविजेता जर्मनीको अप्रत्यासित हार, वल्र्डकपबाट बाहिर

भरतपुर, १३ असार । छनोटका लागि जित्दै पर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साविक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको थियो । ९ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा किम योङ र छैटौं मिनेटमा सन ह्युङमिनले गोल गरेका थिए । किमको गोल सुरुमा अफसाइड […]
लागु औषध दूव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम

भरतपुर , १३ असार । लागु औषध दूव्र्यसनी विरुद्ध काम गर्दै आएको सन्देश फाउण्डेन नेपालले भरतपुर महानगरपालिका वडा नम्बर २८ मा सचेतनामूलक कार्यक्रम गरेको छ । भरतपुर महानगरपालिकालाई लागु औषध मुक्त नगर बनाउने उद्देश्य सहित सुरुआत गरिएको भरतपुर महानगर लागु औषध रोकथाम अभियान अन्तर्गत बुधबार भरतपुर २८ को सरस्वती माविमा कार्यक्रम गरिएको हो । उक्त […]
मैयादेबी कन्या कलेजद्धारा नसिगं पढ्ने बिद्यार्थीलाई सम्मान

प्रकाश सिग्देल असार १३ / मैयादेबि कन्या कलेज भरतपुरले नसिगं पढ्ने बिद्यार्थीलाई सम्मान गरेको छ । पि सि एल प्रथम र दोस्रो वर्षमा सत प्रतिषत नतिजा हासिल गरेको कलेजले त्यसैको खुसियालीमा पहिलो र दोस्रो वर्षमा उत्कृण हुन सफल बिद्यार्थीलाई सम्मान गरेको हो । तिन वर्ष अगाढीबाट नसिगं संकाय सुरु गरेको कलेजले सुरुवाति चरणमानै उत्कृष्ठ नतिजा […]
सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जना पक्राउ

१३ असार (रासस) ः महानगरीय अपराध महाशाखाले प्रेस काउन्सिल नेपालका पदाधिकारीको मान प्रतिष्ठामा आघात पु¥याउने गरी सामाजिक सञ्जालमा जथाभावी लेख्ने दुई जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले न्यूज २४ टेलिभिजनमार्फत प्रसारण हुने ‘सीधा कुरा जनता’ उपर परेको उजुरीका आधारमा छानबिनका घटनालाई आधार बनाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने इलाम घर भई ललितपुर बस्ने विनोद गौतम […]
डेंगुरोग सार्ने लामखुट्टेको बासस्थानको खोजी

चितवन, १३ असार (रासस) ः डेंगु रोगबारे जानकारी भएर पनि यो रोग निम्त्याउने लामखुट्टे नियन्त्रणमा समुदायको पर्याप्त ध्यान पुग्न सकेको छैन । घर वरपर भाँडोमा पानी जमेर डेंगुरोग सार्ने लामखुट्टे हुर्कंदासमेत सरसफाइमा स्थानीय सचेत नभएको स्वास्थ्यकर्मीले बताएका छन् । रोग नियन्त्रणका लागि सचेतना कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मी यसतर्फ जनस्वास्थ्य कार्यालयले ध्यान दिनुपर्नेमा […]
प्रहरी हौं भन्दै श्रीमान्लाई कुटपिट,महिलालाई जबरजस्ती करणी

रत्ननगर,१३ असार । आफूहरुलाई प्रहरीको मान्छे बताउँदै श्रीमान्लाई कुटपिट गरी एक महिलालाई बलात्कार गरेको घटनामा संलग्न भएको भन्दै रत्ननगर प्रहरीले एकजना युवालाई पक्राउ गरेको छ । ‘प्रहरीको घुमुवा सीआईडी हौं’ भन्दै कालिका नगरपालिका वडा नम्बर २ थाङ्खोला जंगलमा लगेर २३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा सोही स्थानका युवालाई पक्राउ गरिएको हो । घटनामा संलग्नताको अभियोग […]
पानी प¥यो कि झरिहाल्छ पहिरो

भरतपुर,१३ असार । वर्षायाम सुरु हुँदै गर्दा नारायणगढ–मुग्लिङ सडक यात्रुको लागि टाउको दुखाइ बन्दै छ । पानी प¥यो कि पहिरो झरिहाल्ने समस्याले यहाँ सताउने गरेको छ । मंगलबार मात्रै पनि ११ घण्टा सडक अवरुद्ध भयो । बिहान साढे ५ बजेदेखि बन्द भएको सो सडकखण्ड झण्डै ११ घण्टापछि सञ्चालनमा आएको हो । सडकमाथिबाट खसेको पहिरो हटाएपछि […]
महानगरमध्ये भरतपुरको बजेट किन थोरै ?

विप्लव काफ्ले/कायाकैरन भरतपुर,१३ असार । भरतपुर महानगरपालिकाले प्रस्ताव गरेको बजेट ‘सिलिङ’ अन्य महानगरको तुलनामा झण्डै १ अर्ब कम देखिन्छ । विराटनगर र वीरगञ्जको बजेट ४ अर्ब बढी छ । पोखराको ६ अर्ब बढी र काठमाडौंको १३ अर्ब बढी बजेट प्रस्ताव गरिएको छ । तर, भरतपुर महानगरको बजेट थोरै देखिन्छ । भरतपुरले ३ अर्ब ३४ करोड […]
कालिकामा उद्योगीहरुको भेला

खोलेसिमल,१३ असार । चितवनको कालिका नगरपालिकास्थित शक्तिखोर क्षेत्रमा निर्माण हुने औद्योगिक क्षेत्रको निर्माणका लागि नगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताएका छन् । देशकै गौरवको आयोजना शक्तिखोरमा बन्न लागेकोमा खुसी व्यक्त गर्दै मेयर श्रेष्ठले औद्योगिक क्षेत्रका लागि चाहिने हरेक प्रकारको सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेकोसमेत उनले बताए । चितवन उद्योग संघको आयोजनामा […]
औद्योगिक क्षेत्रको डीपीआर सकियो

१३ असार । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले शक्तिखोरमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रको डीपीआर (विस्तृत परियोजना अध्ययन) तयार भइसकेको बताएका छन् । ६ महिनाको समयमा तयार भएको सो डीपीआर केही दिनमा औद्योगिक व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण हुनेसमेत उनले बताए । संघका अध्यक्ष दुवाडीले प्रारम्भिक वातावरण मूल्यांकन (आई.ई.ई.) को काम समेत सुरु हुने प्रक्रिया रहेको […]