औद्योगिक क्षेत्रको डीपीआर सकियो

१३ असार ।
चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले शक्तिखोरमा स्थापना हुन लागेको औद्योगिक क्षेत्रको डीपीआर (विस्तृत परियोजना अध्ययन) तयार भइसकेको बताएका छन् । ६ महिनाको समयमा तयार भएको सो डीपीआर केही दिनमा औद्योगिक व्यवस्थापन लिमिटेडलाई हस्तान्तरण हुनेसमेत उनले बताए ।
संघका अध्यक्ष दुवाडीले प्रारम्भिक वातावरण मूल्यांकन (आई.ई.ई.) को काम समेत सुरु हुने प्रक्रिया रहेको बताएका छन् । आई.ई.ई. को काम सम्पन्न भएपछि सो क्षेत्रको नक्सांकनको काम पनि सुरु हुने भएकोले करिब १ वर्षमा सो क्षेत्रको पहिलो ब्लकमा उद्योगको लागि आवश्यक संरचना निर्माण सुरु भइसक्नेसमेत उनले बताए । १ हजार ७ सय ४१ विघा क्षेत्रमध्ये केही धार्मिक क्षेत्र र सार्वजनिक क्षेत्र छाडेर बाँकी क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण हुने समेत उनले बताए ।
कालिका वडा नं. ६ खोलेसिमलमा आयोजित कालिका नगरभित्रका उद्योगीहरुको भेलामा बोल्ने वक्ताहरुले औद्योगिक क्षेत्रको निर्माणमा सबैको साथ सहयोग रहने भन्दै स्थानीय उद्योगीहरुले समेत सो क्षेत्रमा उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल अण्डा उत्पादक संघका पूर्व केन्द्रीय अध्यक्ष शिवराम के.सी., नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि जयचन्द्र प्रसाद चौधरी, नेपाल कांग्रेसका नगर सभापति राजु श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष प्रेम कुमार श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा, चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द पौडेललगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट